पोखरा । लामो समयदेखि रिक्त रहेको नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा नयाँ समिति चयनले गति लिएको छ । पक्ष अनुसार समिति बनिरहेका छन् ।
नेपाली काँग्रेस कास्कीमा पर्शुराम बस्नेतलाई केन्द्रले जिल्ला सभापति चयन गरेपछि बस्नेतले आफ्नो क्षेत्रमा कमिटि निर्माण सुरु गरेका हुन् । मंगलबार कास्की क्षेत्र नं. २ को सभापतिमा सौगात थापालाई चयन गरेका छन् ।
नेवि संघको विधान २०२७ छैटौं संशोधित २०७३ अनुरुप थापालाई सभापतिमा चयन गरिएको जनाइएको छ । सभापतिमा चयन गरेपछि थापालाई प्रदान गरिएको पत्रमा लेखिएको छ : नेवि संघ कास्की क्षेत्र नं. २ मा आबद्ध नेता कार्यकर्ता एवं आम विद्यार्थीको भेलाबाट सर्वसम्मत नेवि संघ कास्की क्षेत्र नं. २ को सभापति चयन हुनुभएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं ।’

सभापति बस्नेतले संगठनको मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गर्दै संगठनको शिर उँचो राख्न र नेवि संघ निरन्तर क्रियाशील हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । साथै संगठनमा आबद्ध साथीहरुको मनोभावनालाई समेटेर क्षेत्रयि कार्यसमिति गठन गरी यथाशीघ्र अधिवेशन सम्पन्न हुने विश्वास समेत लिएका छन् ।
२० वर्ष मात्र पुगेका क्षेत्रीय सभापति थापा युवा व्यवसायी समेत हुन् । पोखरा लिंकन कलेजमा बिबिए अध्ययनरत थापा सामाजिक सेवामा समेत रुची राख्छन् । एक समय युथ फर चेञ्ज ग्रुप स्थापना गरी सडकबालबालिकाका लागि कार्यक्रम, बन्द विरुद्धको अभियानमा उनी जुटेका थिए ।

सम्बन्धित खबर
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो