पत्रकार रमेश पौडेल उत्कृष्ट समाचारदाता, गोरखापत्रबाट सम्मानित

पत्रकार रमेश पौडेल उत्कृष्ट समाचारदाता, गोरखापत्रबाट सम्मानित

ramesh

पोखरा । रेडियो बाराहीका कार्यकारी निर्देशक एवं गोरखापत्रका पोखरा समाचारदाता रमेश पौडेल उत्कृष्ट समाचारदाताको रुपमा सम्मानित भएका छन् ।

गोरखापत्र संस्थानको ११८ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित समारोहमा प्रदेश ४ का उत्कृष्ट समाचारदाताको रुपमा पौडेललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको हो । उनी साढे दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।

पत्रकार पौडेल यसअघि दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार लगायतबाट पुरस्कृत हुनुको साथै दर्जनांै संघसंस्थाबाट सम्मानित भएका छन् ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्याक्ष तथा वानका निवर्तमान केन्द्रिय उपाध्यक्ष पत्रकार पौडेल नेपाल टेलिभिजनका पोखरामा समाचारदाता पनि हुन् ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पौडेलसहित प्रदेशतर्फ १ बाट सचिन पोखरेल, , २ बाट कन्हैलाल केशरी, ३ बाट राममणि दाहाल, ५ बाट छविलाल पाण्डे, ६ बाट ललित बसेल र ७ का प्रकाशविक्रम शाह तथा काठमाडौँ उपत्यकाबाट देवबहादुर कुँवरलाई नगदसहित सम्मानित गरेका थिए ।
यस्तै, गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरियो । पुरस्कार राशि ५५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ