पोखरा । रेडियो बाराहीका कार्यकारी निर्देशक एवं गोरखापत्रका पोखरा समाचारदाता रमेश पौडेल उत्कृष्ट समाचारदाताको रुपमा सम्मानित भएका छन् ।
गोरखापत्र संस्थानको ११८ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित समारोहमा प्रदेश ४ का उत्कृष्ट समाचारदाताको रुपमा पौडेललाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको हो । उनी साढे दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।
पत्रकार पौडेल यसअघि दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार लगायतबाट पुरस्कृत हुनुको साथै दर्जनांै संघसंस्थाबाट सम्मानित भएका छन् ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्याक्ष तथा वानका निवर्तमान केन्द्रिय उपाध्यक्ष पत्रकार पौडेल नेपाल टेलिभिजनका पोखरामा समाचारदाता पनि हुन् ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पौडेलसहित प्रदेशतर्फ १ बाट सचिन पोखरेल, , २ बाट कन्हैलाल केशरी, ३ बाट राममणि दाहाल, ५ बाट छविलाल पाण्डे, ६ बाट ललित बसेल र ७ का प्रकाशविक्रम शाह तथा काठमाडौँ उपत्यकाबाट देवबहादुर कुँवरलाई नगदसहित सम्मानित गरेका थिए ।
यस्तै, गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरियो । पुरस्कार राशि ५५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित