अश्विन दानी, गोरखा । झापाकी एक युवतीको गोरखा आरुघाट गाउँपालिका २ मान्बुमा शंकास्पद मृत्यु भएको छ। गत वैशाख २६ गते राति १० बजे झापाकी संगीता अधिकारीको शव प्रहरीले भेटाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।
‘झापा घर भएकी २०/२२ वर्षकी संगीता अधिकारीको शव भन्ने पुष्टि भएको छ,’ कार्कीले भने, ‘उनी यहीँ मान्बुका २० वर्षका कृष्ण न्यौपानेसँग यहाँ आएकी रहिछन्।’ न्यौपाने मृतक संगीताको ब्वाइफ्रेन्ड भएको प्रहरी अनुसन्धानले खुलेको कार्कीले जनाए। ‘हामीले मृतक संगीताको शरीर हेर्दा कम्परमा चोट लागेको र मुखबाट रगत बगेको देखियो त्यो हेर्दा यो हत्या भएको शंका गरेका छौँ,’ उनले भने, ‘बाँकी रिपोर्ट अनुसन्धान र पोस्टमार्टमपछि आउला।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट न्यौपाने र अधिकारी गत २५ गते काठमाडौंबाट मान्बु आएको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय आरुघाटमा उनीहरु आएको भोलिपल्ट २६ गते मृत अवस्थामा मान्छे फेला परेको छ भनेर सूचना आएपछि प्रहरी घटनास्थलमा गएको थियो।
‘प्रहरीसँग न्यौपानेले संगीताले बिहे गर गर भनेर कर गर्ने गरेको भनेर बताएका छन्,’ कार्कीले भने, ‘तर, केटाले अहिले बिहे गर्ने उमेर भएको छैन भन्दै आएको रहेछ। घटना कसरी भयो भनेर ब्वाइफ्रेन्डले थाहा नभएको बताउँदै आएका छन्।’
सम्बन्धित खबर
राइड शेयरिङ नियमावली खारेज नगरे जेठ १५ देखि गण्डकीमा सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी
१५ गते राजालाई सिंहासनमा राख्छन् रे, घरैमा सिंहासन बनाएर राखे भोः प्रधानमन्त्री
युवा संघको महाधिवेशन आजदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी
तनहुँ माथि कास्कीको १ रनको रोमाञ्चक जित
समाजमा नकारात्मकता हावी भयो, युवाहरूमा सकारात्मक सोच जरूरी छः स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प