गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सरोज अर्याल, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर स्थित मनकामना माध्यमिक विद्यालय परिसरमा जेठ १५ देखि २३ गते सम्म महायज्ञ आयोजना गरिने भएको छ ।
स्याङ्जाकै ऐतिहासक धार्मिक एवम् पर्यटकीय स्थल पेल्काचौरको प्रत्यक्ष प्रतिष्ठासँग जोडिएको मनकामना माविलाई प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा स्थापना गरी सिंगो पेल्काचौर क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा परिचित गराउन अबका दिनमा कृषि प्राविधिक विद्यालयका रूपमा संचालन गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको जनाईएको छ ।
महायज्ञमा श्री मानव कल्याण अध्यात्मिक परोपकार संघ नेपालका प्रख्यात श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराजश्री आउनेछन् ।
पुतलीबजार मनकामना मावि शैक्षिक तथा धार्मिक महामहोत्सव २०७५ नाम दिई आयोजित महोत्सवमा संकलित रकम पर्याप्त भएको खण्डमा पुतलीबजार नगरपालिकाका १४ वडा मध्ये १२ नं. वडामा पहिलो प्राविधिक विद्यालय सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता पोख्रेल मृत फेला
वालिङ्मा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता
स्याङ्जामा आत्महत्या गर्ने पुरुष बढी, तीन वर्षमा एक सय ४८ पुरुषद्वारा आत्महत्या
प्रशासनद्वारा पहिरोपीडित परिवारलाई राहत
स्याङ्जामा राष्ट्रिय युवा संघ नेपालको रक्तदान
स्याङ्जा अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग