पोखरा । पोखरामा आयोजना गरिने निःशुल्क शिविरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) को प्राविधिक सहयोग रहने गरेको छ । अहिलेसम्म हजारौं जनाको निःशुल्क जाँच गरिसकिएको छ ।
शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८, न्युरोडले शनिबार कार्यालय परिसरमा निःशुल्क शिविर आयोजना ग¥यो । शिविरमा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले गरेको थियो । सरकारीले आफ्नो ६ औं वार्षिकोत्सवको अवसरमा गरेको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी)सम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रममा २ सय ५ जनाको रक्त परीक्षण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. विश्व बरालले मधुमेह र रगतमा हुने खराब बोसोबाट पर्न सक्ने असर, यी रोग लाग्नुअगावै अपनाउनुपर्ने सावधानी र रोग लागिसकेपछि गर्नुपर्ने उपचार पद्धतिबारे प्रकाश पारे ।
उनले अधिकांश रोग लापरवाहीपूर्ण जीवनशैली, खानपान र अस्वस्थकर बानीकाका कारण लाग्ने भएकाले आफ्नो स्वास्थ्यबारे सजग भए धेरै हदसम्म रोगको चपेटाबाट मुक्ति मिल्ने बताए । उनले समय समयमा नियमित स्वास्थ्य परीक्षण, स्क्रिनिङ टेस्ट र केही समस्या देखिए चिकित्सककहाँ जान आग्रह गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै आर्थिक लाभ भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखिएको बताए । उनले आगामी आर्थिक वर्षमा विभिन्न संघ, संस्थासँगको सहकार्यमा थाइराइड परीक्षण निशुल्क गरिने जानकारी दिए ।
शुभम् सहकारीका प्रवन्धक ढाकाराम बरालले सहकारीले सेयर सदस्यहरुको हितमा विभिन्न क्रियाकलाप गरिरहेको बताए । २३ सय सेयर सदस्य रहेको सहकारीमा ४ करोड सेयर पुँजी छ ।
सहकारीका उपाध्यक्ष आशीष सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका लेखा समिति सदस्य तोयानाथ आचार्य, सल्लाहकार दिनवन्धु पौडेल, सेयर सदस्य कमल पौडेलले पनि बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव सूर्यप्रसाद पौडेलले गरेका थिए ।

सम्बन्धित खबर
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो