किरण श्रेष्ठ, तनहुँ । पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
प्रेसर कुकर भित्र डोटोनेटर र तार भेटिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेका बेलामा विष्फोट भएका कारण घटनामा सोही पार्टीको हात रहेको आशंका तनहुँ प्रहरीले गरेको छ ।
बम निष्क्रिय पारेपछि अहिले पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले ठाउँ ठाउमा स्कर्टिङ गरेर यातायात सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए ।
माग अनुसार प्रहरीले स्कर्टिङ गरेको र बसहरु लाइ एकैसाथ गन्तव्य पुर्याउन सहयोग पुर्याइएको डीएसपी मल्लले बताए । तनहुँमा पर्यटक बस र मोटरसाइकलहरु सडकमा चलिरहेकोछ भने अन्य सवारी उल्लेख्य मात्रामा चल्न सकेका छैनन् ।
सम्बन्धित खबर
पुम्दीकोट बिशाल महादेव मूर्तिसँगै सुमेरू पर्वतमा पार्वती
१७ बर्षका बालकले पोखराबाट बस चोरेर चितवन पुर्याएपछि …
पोखरामा एकै दिन दुईटा स्कूटर चोर्ने १७ वर्षका बालक पक्राउ
लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी
‘चिया पिउँदै समाजसेवा’ पोखरामा निरन्तर
बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका