गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखराको हेम्जामा ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बर्दिया गेरुवा गाँउपालिका -४ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका – १ याम्दीमा डेरा गरि बस्ने ४५ बर्षीय राज कुमार परियारको करेन्ट लागि मृत्यु भएको हो ।
हेम्जा फेदीमा डोजरले निकालेको ढुङ्गा ट्याक्टरमा लोड गर्ने क्रममा अचानक नजिकै रहेको बिजुलीको तारबाट करेन्ट लाग्दा घाइते भएका परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीर बहादुर पुलामीले जानकारी दिए ।
शुक्रबार बिहान करिब ७:३० बजे करेन्ट लागि घाइते भएका परियारलाई उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी) मा लगिएकोमा ८:३५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका