पोखरा । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आइतबार बालबालिकाको बिषयलार्इ लिएर सुझाव पत्र बुझाइएको छ ।
महानगर बाल मन्चका सदस्य सुवास अधिकारी र आरोग्य मोहन काफ्लेसँगै बालबालिका सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका रेडियो सफलताका अनुप पौडेलले गुरुङलाई गुलाबको फूलसगै सुझाव पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटमा बालबालिकाको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अपिल गर्दै प्रदेश सरकारले उत्कृष्ट नीति तथा कार्यक्रम तर्जुमा गर्नका निम्ति महानगर बाल मञ्चको तर्फबाट ५ बुँदे सुझाव पत्र बुझाएको महानगर बाल मञ्चका सदस्य सुवास अधिकारीले बताए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त पत्रमा हस्ताक्षर गरेसँगै आफूहरुको मागलाइ मुख्यमन्त्रीले सम्बोधन गर्ने आशा रहेको महानगर बाल मन्चका अध्यक्ष शाश्वत कोइराला बताउँछन् ।
जनप्रतिनिधीलाई जवाफदेहि बनाउने सबैको अभियान रहेको भन्दै आफूहरुले उक्त पत्र बुझाएको महानगर बाल मञ्चका सदस्य आरोग्य मोहन काफ्लेले बताए । चार महिने बजेटमा उल्लेखित बालबालिकको क्षेत्रसँग सम्बन्धित कार्यक्रम र प्रतिबद्धताको कार्यान्वयनका लागि समेत उनीहरुले जोडदार अपिल गरेका छन् ।
उक्त पत्रमा नागरिक समाज पोखरा, गैसस महासंघ कास्की, बाल हितकारी परियोजना कास्की, बाल श्रम न्युनिकरण कार्यक्रम कास्की, महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला प्रहरी कार्यलय कास्की, रेडियो सफलता, रेडियो अन्नपूर्ण, रेडियो जननी र रेडियो लेखनाथले समर्थन जनाएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु