पोखरा । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पोखरामा प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । सोमबार एक समारोहकाबीच प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सभागृहचोक स्थित कार्यालय शुभारम्भ गरे ।
मुख्यमन्त्री गुरुङले जीवन बीमाको सम्भाव्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्ने बताए । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ हुने उनको भनाई थियो । उनले देशैभरि शाखा संजाल बिस्तार गर्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रबीन्द्र श्रेष्ठले वीमालाई सर्वसाधारण सम्म पु¥याउन पर्ने बताउदै कम्पनीले व्यवसायीक सफलताको शुभकामना दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले कम्पनीको बीमा आवश्यकता भएको र जीवन बीमालाई सरकारी स्तरबाट अनिवार्य गर्नु पर्ने बताए ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै आएको बताए ।
उनले संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलता पुर्वक जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल हुनेछ बताए । कम्पनीले फरक किसिममा र समाजका सबै वर्गलाई समेटने किसिमका बीमा योजनाहरु ल्याउने बताए ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेका अनुसार देशभर २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध दिदै आएको छ ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने उनले बताए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’