गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । लेकसाइडमा केहि ठाउँ मात्र हो राति २ बजेसम्म खुल्ला हुने, नत्र ११ बजिनसक्दै होटल, रेष्टुराँ, पसलको सटर बन्द गर्न प्रहरी दबाब दिँदै आउँछ । पर्यटकीय नगरी पोखरा राति सुत्छिन् । राति कुनै मानिस पोखरा आए भने उसले होटल पाउन मुस्किल छ । कारण, पोखरा चौबिसै घण्टा खुल्दैन ।
आइतबार प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले पोखरा पर्यटकीय शहर भएका कारण रातभरि चल्नुपर्ने समेत बताए । उसो त, व्यवसायीको साथ मिले प्रहरी सुरक्षाका लागि तयार रहेको यसअघिका एसपी अशोक सिंहले समेत बताउँदै आएका थिए । के अब पोखरा चौबिसै घण्टा जागा होला त ? आईजिपी खनालले पोखरामा गड्गडाहट तालीका बीच यो पनि भने – ‘गुण्डा गर्दी गर्नेलाई हो पक्राउ गर्ने, तर व्यवसायीलाई व्यवसाय गर्न दिनुस् । व्यापार व्यवसाय बढे राज्यको कर बढ्छ, राज्य समृद्ध भए शान्ति सुरक्षामा कमी आउँछ ।’
प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई कुनै पनि आपराधिक गिरोहसँग साठगाँठ गरेको पाएमा तत्कालै कार्वाही हुने पनि बताए । पोखरामा लागुऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरी कार्यालयका मुलगेट, सभाहल र नागरिक सहायता कक्षको उद्घाटन गर्दै पहिले नागरिकका काम गर्नु पर्ने बताए ।
उनले अपराधिक गिरोह, गुन्डागर्दीसगँ मिलेर काम गरेका पाएमा दुई दिन हैन, प्रहरी संगठनमा एक दिन पनि रहन नसक्ने बताए । ‘नेपाल प्रहरी कुनै आपराधिक साँठगाँठ गर्न सक्दैन, आपराधिक गिरोह सगँ मिल्न सक्दैन’ महानिरीक्षक खनालले भने —‘चाहे त्यो एसपि होस्, चाहे त्यो डिएसपी होस्, चाहे एसएसपी होस्, चाहे मातहतका प्रहरी होस्, तत्कालै कार्वाही हुन्छ ।’
खनालले नागरिकका काम कुनै सोर्सफोर्सका र राजनीतिक आधारमा नभई नियमानुसार गर्न प्रहरी निकायलाई निर्देशन दिए । ‘नागरिकका काम कुनै ठुलो वा राजनीतिक दलको सिफारीसका आधारमा हैन’ उनले भने—‘निमुखा नागरिकको काम कुनै भनसुन नगरी नीति र नियम अनुसार गर्नुपर्दछ ।’ उनले जुन प्रहरीले भनसुनका आधारमा काम गर्दैन त्यसलाई अरुले भन्न पनि छाड्ने गरेको अनुभव सुनाए । उनले लागुऔषधलाई देशभर अभियानका संचालन गरेर न्युनिकरण गर्ने बताए । कास्कीमा लागुऔषधको क्षेत्रमा राम्रो काम भएको भन्दै त्यसै गरी अन्य ठाउँमा पनि गर्नुपर्ने बताए ।
भिडियोः
फोटो/भिडियोः जक्सन डटकम
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ