कमला राना, नवलपरासी । नवलपरासीको बर्दघाटमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्याल्य पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार विहान १० बजेर ४५ मिनेटको समयमा बर्दघाट त्रिबेणी सडक खण्डमा अन्र्तगत उत्तरबाट दक्षिण तर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको पल्सर मोटरसाईकल र दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु १० प ४४३५ नम्बरको पल्सर मोटरसाईकल ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै एक आपसमा ठोक्कीदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा मृत्यु जिल्ला प्रहरी कार्यलय परासीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परि मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने, बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी रहेका छन् ।
घाईतेमध्ये बर्दघाट १६ बस्ने बर्ष ३० का अजित सिंह ठकुरीलाई भरतपुर रिफर गरी लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । अर्का घाईते बर्दघाट १४ बस्ने बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको र उनको अवस्था खतरा मुक्त रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उधृत गर्दै जिल्ला प्रहरीले दुवै मोटरसाईकल तिब्र गतीमा रहेकाले ठक्कर खाएको जनाएको छ ।
https://www.facebook.com/viralnepalnews/videos/1665212056896554/
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु