पोखरा । आउँदो शनिबार पोखरामा ग्राण्ड एजुकेशन सेमिनार २०१८ तथा डिजाइन् योर फ्युचर वर्कशप हुने भएको छ । नेप्कम्स् सर्भिसेज पोखराको आयोजनामा चिप्लेढुङ्गा स्थित दि भिलेज रेष्टुरेण्टको सभाकक्षमा हुने सेमिनारमा कक्षा १२ को परिक्षा दिएर बसेका, व्याचलर र मास्टर्स कोर्ष गर्न विदेश जान चाहना भएका विद्यार्थी सहभागी हुनेछन् ।
सेमिनारमा विभिन्न अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटेर विद्यार्थी तथा अभिभावकहरुले विदेश अध्ययन सम्बन्धी विविध विषयमा जानकारी लिन सक्नेछन् । साथै, विद्यार्थीहरुले अष्ट्रेलिया, यूसए, युके, न्यूजिल्याण्ड अध्ययन सम्बन्धी काउन्सलिङ्ग, विदेशी विश्वविद्यालयहरुले प्रदान गर्ने स्कुलरसिप, टोफल, आइएलटिस, स्याट जस्ता तयारी कक्षाहरु सम्बन्धी सूचना प्राप्त गर्ने नेप्कम्स पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी दिए ।
सेमिनारमा विद्यार्थीहरुको सफल भविष्य निर्माणको लागि मोटिभेटर दिपेन्द्र पहारीद्वारा डिजाईन योर फ्युचर शिर्षकमा मोटिभेसनल वर्कशप हुनेछ । साथै, त्रिभुवन युनिभर्सिटी, पश्चिमाञ्चल इन्जिनियरीङ्ग क्याम्पसका असिस्टेण्ट प्रोफेसर डा. केशव बस्नेतले आफ्नो नेपाल तथा अमेरिकाको शैक्षिक यात्राको बारेमा अनुभव सेयर गर्ने कार्यक्रम पनि छ । डा. बस्नेत अमेरिकाको दि युनिभर्सिटि अफ आइवा बाट सिभिल इन्जिनियरिङ्गमा पिएचडी गरेर नेपाल फर्केका हुन् । नेपाल तथा विदेशका विज्ञहरुद्वारा विभिन्न प्रस्तुति हुने भएकाले वर्कसपमा सहभागी लाभान्वित हुने आयोजकको विश्वास छ ।
विद्यार्थीको एकेडेमिक र आइएलटिस सर्टिफिकेटको आधारमा अन द स्पट एसेस्मेण्ट, शैक्षिकस्तर राम्रो भएका विद्यार्थीले स्कलरसिप प्राप्त गर्न सक्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस गर्न चाहेमा विशेष छुटको व्यवस्था गरिएको आयोजक नेप्कम्सले जनाएको छ । विशेष गरी अष्टे«लिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र अष्टे«लिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्टे«लिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके, थाइल्याण्ड जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ ।
म्यानेजर शाहीले भने – ‘हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं । पोखरा, काठमाडौं तथा अष्ट्रेलियामा हाम्रो कार्यालयहरु रहेको छ । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौ । नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।’
सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी