पोखरा । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी पत्रकारिता गर्दै आएका पोखराका क्रियाशील पत्रकारहरुको भेलाले प्रदेश नं. ४ कार्यक्षेत्र रहने गरी ‘पर्यटन पत्रकार मञ्च पोखरा’ गठन गरेको छ । बुधबार आयोजित भेलाले कान्तिपुर दैनिकका पोखरा संवाददाता दीपक परियारको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सागरराज तिमिल्सिना (एपिवान), सचिवमा सुरेन्द्र पौडेल (आर्थिक अभियान), सहसचिवमा स्मिता अधिकारी (समाधान), कोषाध्यक्षमा कृष्ण दवाडी (हिमाली आवाज) छन् । सदस्यहरुमा राधिका कँडेल (फोटो पत्रकार), गीता राना मगर (एबिसी) तारा पौडेल (सिटी पोखरा) र श्रीभद्र पौडेल (आदर्श समाज) चयन भएका छन् ।
समितिको बुधबार बसेको पहिलो बैठकले रुपनारायण ढकाल (हिमालयन टाइम्स) सन्तोष पोखरेल (नागरिक), बासुदेव पौडेल (रासस) र कृष्णमणि बराल (अन्नपूर्ण पोष्ट) लाई सल्लाहकार चयन गरेको अध्यक्ष परियारले जानकारी दिए । विधान मस्यौदा समितिको संयोजकमा बिभु भुसाल र सदस्यमा बासुु मिश्र र सुरेन्द्र पौडेल चयन भए ।
उक्त अवसरमा बोल्दै सल्लाहकार रुपनारायण ढकालले प्रदेश ४ पर्यटनको केन्द्र भएकाले पर्यटन पत्रकार मञ्चको भूमिका महत्वपूर्ण रहने बताए । संस्थालाई क्रियाशील बनाएर अगाडि बढाउन अर्का सल्लाहकार बासुदेव पौडेलले आग्रह गरे । एउटा बिटलाई बढी प्राथमिकतामा राखेर कलम चलाउन सके पत्रकारको क्षमतामा समेत बृद्धि हुने सल्लाहकार सन्तोष पोखरेलले धारणा राखे । अर्का सल्लाहकार कृष्णमणि बरालले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गरी रचनात्मक कार्यक्रमहरु गर्न मञ्चलाई आग्रह गरे ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो