यार्सा खोज्न लेकमा लर्को

यार्सा खोज्न लेकमा लर्को

Yarsa

सुन्दर कुमार थकाली, मुस्ताङ । हिमाली तथा उच्चपहाडी जिल्लाका लेकहरुमा यार्साको सिजन सुरु भएको छ ।यस याममा विगत वर्षहरु झै यसपटक पनि मुस्ताङका लेकलेकमा यार्सा संङ्कलन गर्नेको लर्को लागेको छ ।

ज्येष्ठको पहिलो साताबाट सुरु भएको यार्सा सङ्कलन कार्य असारको दोश्रो साता सम्म जारी रहन्छ । यस अवधिभर मानिसहरु लेकमानै बसेर यार्सा संङ्कलनकार्यमा जुट्ने गर्छन्। मुस्ताङमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप अन्तर्गत स्थानीय संरक्षण व्यवस्थापन समितिले यार्सा टिप्नेलाई पुर्जि अनुमति दिने गर्छ । समितिले यार्साकर्तालाई तोकिए बमोजिमको शुल्क लिएर मात्र लेक पठाउने गर्छ ।

हिमालपारी मुस्ताङका करिव आधा दर्जन लेंकमा यार्सा गुम्बा पाईने गर्छ । जसअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झोङ, पुडाक, छेङ्गुर र मुक्तिनाथ, घरपझोङ गाउँपालिकाको नमखुलेक र मार्फा लेंक र थासाङ गाउँपालिकाको मार्चे लेंक र कोवाङको धौलागिरी आईसफल आदी यार्सा पाईने क्षेत्र हुन् ।

यस वर्ष पनि मुस्ताङ जस्तै मनाङ र डोल्पा जिल्लामा पनि यार्सा संङ्कलन गर्न गैरजिल्लाका मानिसहरु यार्साक्षेत्रमा पुगिसकेका छन् । यार्सा संङ्कलन गर्नेका लागि स्थानीय संरक्षण व्यवस्थापन समितिले आफ्नो स्वामित्वको लेकका लागि मात्र पुर्जि अनुमति दिन्छन् । यसरी उपलब्ध गराईने पुर्जि दस्तुर लेंक अनुसार फरक फरक पाईएको छ ।मुस्ताङका लेकमा भने १ हजार देखि १५ हजार सम्म प्रवेश शुल्क तोकिएको छ ।

यहाँको लेंक मध्ये सवैभन्दा गुणस्तरिय यार्सा मुक्तिनाथ र जोमसोमको लेंकलाई लिने गरिएको छ ।ठाउँ र भुगोल अनुसार यार्साको क्वालिटी फरक हुने जोमसोमका स्थानीय अजित थकालीको भनाई छ ।उनका अनुसार मुस्ताङ जस्तै मनाङ र डोल्पाका लेकमा जान पनि प्रवेश शुल्क घटीबढी छ ।जहाँका लेंकमा जान २५ हजार सम्म प्रवेश शुल्क तोकिने गरेको छ।यार्साको क्वालिटी निर्धारण भने उच्चलेक र जमिनको पर्याप्त चिस्यान भएको स्थानमा निर्भर रहने भएकाले हिमालीक्षेत्र यार्साको पकेट क्षेत्र मानिएको हो ।

छिमेकी डोल्पा जिल्लामा पुरै स्थानीयवासी गाउँनै रित्तो पारेर यार्सा संङ्कलनकार्यमा जुट्ने गर्छन् भने मुस्ताङमा अधिकाँश जिल्ला बाहिरकै मानिस लेकमा जाने गरेको पाईएको छ ।धार्मिक तथा पर्यटकिय जिल्ला भएकाले यहाँका स्थानीयले यार्सा संङ्कलनकार्यलाई महत्व दिएको पाईदैन ।

उनीहरु यार्सा भन्दा आफ्नो व्यवसायलाई प्राथमिकता दिने गरेकाले लेकमा स्थानीयको उपस्थिती न्युन भएको स्थानीय पर्यटन व्यवसायी राकेश भट्टचनको भनाई छ ।उनले यार्साको सिजन भएपनि यो समय यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक भित्रने सिजन भएकाले व्यवसायलाई प्राथमिकता दिनु परेको जनाए ।उनका अनुसार मुस्ताङका लेकमा जिल्ला बाहिरका ६० प्रतिशत भन्दाबढी मानिसहरु यार्सा संङ्कलनकार्यमा जुट्ने गरेकोखुलाए ।पछिल्लो समय बेनी ÷जोमसोम सडक शहज भएपछि यार्सा संङ्कलन गर्नेको संख्यामा समेत बृद्धि हुँदै गएको संरक्षण व्यवस्थापन समितिले जनाएको छ ।

मुस्ताङ र मनाङका लेकमा यार्सा सङ्कलनका लागि रुकुम,रोल्पा,जाजरकोट,धादिङ र बाग्लुङ आदी स्थानबाट मानिसहरु आउँने गरेको पाईएको छ । यार्साका लागि डेढ महिना सम्म लेंकमा बस्नु पर्ने भएकाले यार्सा टोलीहरुले खाने,बस्ने संम्पूर्ण बन्दोबस्तीका सामानहरु आफै सितै बोकेर लेंक पुगेका हुन्छन् । त्यस्तै,कतिपयले भने लेंकमै आफुले जम्मा गरेको यार्सा संग खानेकुरा साटेर जोहो गरेका हुन्छन् ।

मुस्ताङमा विगत २ वर्षदेखि यार्साको मुल्यमा गिरावट आईरहेको छ ।जसका कारण यार्सा संङ्कलनकर्ताले विगतको वर्षहरु जस्तो उर्जा लिएर यार्सा खोज्न जुटेको पाईएको छैन ।वर्षेनी मुस्ताङको लेंकमा यार्सा संङ्कलन गर्दे आईरहेका स्थानीय जेबिल गुरुङले यार्सा संङ्कलन गरेर विगतको जस्तो फाईदा लिन नसकेको बताउछन् ।केही वर्षअघि उनले १ गोटा यार्साको ५ सय देखि १५ सय सम्म बिक्री गरेको अनुभव सुनाउदै भन्छन् वर्षेनी मह·ी बढ्दै छ तर यार्साको मुल्यमा सन्तोषजनक रुपले बृद्धि हुन नसकेको दुखेसो पोखे । त्यस्तै धादिङका रुपेश तामाङले गतवर्ष १ गोटा यार्साको जम्मा २ सय पचासमा बिक्री गरेको सुनाए ।

उनी यसपटक पनि मुस्ताङको लेंकमा यार्सा संङ्कलन गर्न आएको जनाए ।उनले लामो समय सम्म लेंकमै बस्नुपर्दा व्यक्तिगत खर्च पनि बढी हुने भएकाले खोजिएको यार्साले भाउ नपाउदा लेकमा गरेको मेहनत व्यर्थ हुने डर लागेको बताए ।’भुकम्प र नाकाबन्दीपछि ओरालो लागेको यार्साको भाउ यो वर्ष बृद्धि हुँन्छकी भन्ने आशा लिएर यहाँ आएको हुँ ।‘तामाङले भने ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली तथा उच्चपहाडी लेंकमा विगतमा जस्तो पर्याप्त यार्सा पाईन छोडेको यार्साकर्मीहरु बताउँछन् ।उनीहरुका अनुसार हिमाली तथा पहाडी लेंकमा हिउँदयाममा पर्याप्त हिउँ परेमात्र यार्सा गुम्बा सप्रिने गर्छ ।यारको शाब्दिक अर्थ—वर्षा हो भने चा—को अर्थ घाँस । त्यस्तै गुम्बुको अर्थ दैवि स्वरुप मानिन्छ । हिउँदको चिसोयाममा झुशिल्किरा आकारको किरा हुने र गर्मि याममा विकसित हुदै घाँसको रुपमा देखा पर्ने प्राकृतिक वनस्पतिलाई यार्सा भन्ने गरिन्छ ।

यो सुक्ष्म रुपमा जमिनको चिसो सतहमा पाईने गर्दछ। जमिनको तापमान क्रमिक रुपले बृद्धि हुँदै जादाँ बिस्तारै बनस्पतीको रुपमा जमिनको सतह माथि देखापर्ने गर्दछ । पातलो आकार झलक्क हेर्दा खुर्सानि जस्तो देखिने यार्सा नामक जडिबुटी अक्सर औषधिको रुपमा प्रयोग हुने गरेको छ।यार्सालाई दैनिक दुधमा मिलाएर खाएमा शारिरीक तन्दुरुस्ती बढ्ने बिश्वास छ। यार्सालाई बिकसित देशहरुलेआयुवेदिक औषधि बनाउन केमिकलको रुपमा प्रयोग गर्ने गर्दछन् । चीन,जापान,हङकङ्ग,र थाईल्याण्ड आदी जस्ता देशमा यार्साको पैठारी हुने गरेको पाईन्छ ।

मुस्ताङ लगायतका लेकमा पुगेर यार्सा सङ्कलन गर्नेहरुले २ लाखदेखि १० लाखसम्मको यार्सा बिक्री गरेर घर फर्कन्छन् ।त्यस्तै, व्यापारीहरु लेंकमै पुगेर यार्साकर्ता संग यार्सा खरित्छन् ।विगत २ वर्षदेखि भने यार्सा गुम्बाको रौनक कम हुदै जानथालेको मुस्ताङका स्थानीयवासीहरु बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ