इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने

नयाँ व्यवस्था

इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने

electric-car

यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनले नयाँ भाडादर लिन नपाउने जनाएको छ। डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनमा मात्रै भाडा समायोजन गरिएकाले विद्युतीय सवारीसाधनमा उक्त व्यवस्था लागू नहुने जनाएको हो।

गत चैत २५ गते विभागले अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरूप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको थियो।

केही विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसारपसार गर्दा वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो आएको विभागले जनाएको छ।

विभागले विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको तथा यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रूपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गराउन अनुरोध छ।

व्यवस्थाको विपरीत भए/गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९; सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारबाही गरिने विभागले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds