काठमाडौं । प्रतिनिधिसभा नियमावली २०८३ को मस्यौदा तयार भएको छ । जसमा सभाको बैठकमा पालन गर्नुपर्ने नियम लगायतका विषय छन् ।
नियमावलीअनुसार प्रतिनिधिसभाको बैठकमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने हुन्छ । सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नेछन् ।
बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने हुन्छ । सभामा सभामुखले समय दिएपछि मात्र बोल्न पाइन्छ ।
बैठकमा बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने हुन्छ ।
सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न हुँदैन र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने हुन्छ ।
‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने’ बैठकमा पालन गर्नुपर्ने नियम अन्तर्गत लेखिएको छ ।
कुनै सांसद बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न हुँदैन ।
बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न पाइँदैन ।
फोनमा कुरा गर्न बन्देज
नियमावलीअनुसार बैठक कक्षमा फोन मौन अवस्थामा राखुपर्ने हुन्छ । फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न पनि पाइँदैन ।
छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू पनि व्यवस्थित गरिएको छ ।
जसअनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ ।
सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न पाइँदैन ।
अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न पाइँदैन् । कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न हुँदैन ।
बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने नियम पनि बनाइएको छ ।
संसद्मा सांसदले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनुपर्नेछ ।
कुनै सदस्यले असम्बद्ध कुरा बोलिरहेमा वा आफ्नो वा अरू कसैको तर्कलाई बारम्बार दोहोरÞ्याइ रहेमा सभामुखले निजको वक्तव्यप्रति बैठकको ध्यान आकर्षित गर्दै विषय केन्द्रित भई भनाई राख्न आग्रह गर्न सक्नेछ । विषय केन्द्रित भई भनाई नराखेमा निजलाई बोल्न बन्द गर्न आदेश दिन सक्नेछ । त्यस्तो आदेश हुनासाथ सो सदस्यले बोल्न बन्द गरी आफ्नो स्थान ग्रहण गर्नुपर्नेछ ।
छलफल चलिरहेको समयमा सम्बन्धित विषयमा कुनै सदस्यले आवश्यक सम्झेमा सभामुख मार्फत स्पष्टीकरण माग गर्न पाउनेछ ।
सभामुखको अनुमति लिई कुनै सदस्यले सदनको जानकारीको लागि आफूसँग सम्बन्धित विषयमा स्पष्टीकरण दिन सक्नेछ ।
तर त्यस्तो स्पष्टीकरण दिँदा कुनै विवादास्पद विषय उठाउन पाइने छैन ।
यी नियम उल्लंघन गरे सभामुखले आवश्यक कारबाही गर्न सक्नेछन् ।
संसद्मा तोडफोड भए सांसदबाटै क्षतिपूर्ति
सांसदहरूले ध्वंसात्मक गतिविधि गरी भौतिक क्षति पु¥याए उनीहरूबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था प्रस्ताव गरिएको छ। दोषी सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न र भएको क्षतिको क्षतिपूर्ति भराउन आदेश दिन सकिनेछ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु