किरण श्रेष्ठ, तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं. ५ पाटन दबलुङ स्थित सेती नदिको निषेधित क्षेत्रमा बालुवा उत्खनन गर्दै गर्दा विहिबार दुइ ट्याक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्ने ट्याक्टरहरुमा ग १ त ४४४६ र ग १ त २११४ नं. को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नदिबाट बालुवा उत्खन गरेर ट्याक्टरमा लोड गर्दै गरेको अबस्थामा फेला पारी दुबै ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मंगलबार नै आबश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत मंगलबार तनहुँको भिमाद नगरपालिका वडा नं. ५ अठ्ठाईसमा डु जना लाइ प्रहरीले पल्क्रु गरेको छ । अनाधिकृत तबरबाट २ वटा स्क्याभेटर प्रयोग गरी गिटी बालुवाको उत्खनन गरी थुपार्दै गरेको अबस्थामा दुबै स्क्याभेटर सहित चालकहरु चितवन माडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २० को अमित रिमाल र बन्दिपुर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २२ को बिष्णु थापालाई प्रहरीले नियन्त्रण लिएको छ । चालकहरु लाइ नियन्त्रणमा लिइ आबश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँको भानु नगरपालिका वडा नं. ३ खहरे स्थित मर्स्याङ्दी नदिमा गत आइतबार बा १ क ९७९६ नं. को जेसिबी प्रयोग गरी अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन गर्दै गर्दा जेसिबी सहित ३ जना लाइ प्रहरीले पक्राउ गरेको छ । बालुवा थुपार्दै गरेको अबस्थामा उक्त जेसिबी सहित चालक बाके कोहलपुर नगरपालिका वडा नं. ११ घर भएका बर्ष २७ को अर्जुन थापा लाइ पक्राउ गरिएको हो ।
अबैध रुपमा जेसिबी प्रयोग गरी बालुवा चोरी निकाशीको काम लगाउने बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २८ को सुजन गुरुङ र बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ को आकाश गुरुङलाई सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरु लाइ पक्राउ गरि आबश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण