किरण श्रेष्ठ, तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नं. १ भादगाँउ छाब्दी दोभान स्थित केशवटार दमौली बुद्दसिंह मार्गमा गत मंगलबार गुण्डागर्दी शैलीमा रकम असुली गर्न खोज्ने ३ जना लाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा व्यास नगरपालिका वडा नं. १३ बस्ने बर्ष १८ को सुवार परियार, सोहि स्थान बस्ने बर्ष १८ को रुपेश थापा र सोहि स्थान बस्ने बर्ष १९ को यम थापा रहेका छन् । बिहान १० :३० बजेको समयमा वालुवा लिई आईरहेको ना ६ त १३२६ नं.को ट्क्याटरलाई अनाधिकृत रुपमा रोकी चालक र हेल्परलाई धम्क्याई नियमानुसार कर तिरेको रु. ६५० को नगदी रसिद (बिल) हुँदा हुँदै रु. ५०० जबरजस्ती मागी रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले एलोन थापा र अतित गुरुङलाई नियन्त्रणमा लिई केही सार्बजनिक अपराध शिर्षकमा मुद्दा दर्ता अनुसन्धान गर्ने क्रममा सो कार्यमा सुवास परियार, रुपेश थापा र यम थापाको समेत मिलिमतो रहेको खुल्दा उनिहरुलाई विहिबार पक्राउ गरी मुद्दामा मिलना म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दियो ।
सम्बन्धित खबर
तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ
तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी
तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
मुग्लिन–पोखरा खण्ड विस्तार मनसुनभरि बन्द हुने
तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग