किरण श्रेष्ठ, तनहुँ । तनहुँको सदरमुकाम दमौली बजार नजिक ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४४ की जुलेखा मिया र उनको नाबालिका छोरी घरमा नै बसिरहेको अबस्थामा दुइ अज्ञात युवाले आक्रमण गरेका छन् ।
उक्त घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी परिचालन गरी उक्त अज्ञात आक्रमणकारिहरुलाई खोजतलास गर्दा घटनामा संलग्न रही फरार रहेका रुकुम भुमी गाउँपालिका वडा नं.१ स्थायी घर भएर हाल काठमाण्डौ थानकोट बस्ने बर्ष १७ को उज्जल सुनारलाई अमरापुरी दमौलीबाट र ब्यास नगरपालिका वडा नं. ४ स्थायी घर भएर हाल काठमाण्डौ थानकोट बस्ने बर्ष २१ को सुदिप अधिकारीलाई तालघरेबाट धारिलो हतियार दाउ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त घटना अरु कसैले नभई आफ्नै श्रीमानले गर्न लगाएको जुलेखालाई पछी थाहा भयो । उक्त घटना सम्बन्धमा बुझ्ने क्रममा जुलेखा मियाको श्रीमान पाकिस्तानी नागरिक बर्ष ६९ का अमानतुल्ल खानसंग बिबाह भएपछी उनले जुलेखालाई पाकिस्तान जानु पर्छ नगए जे पनि गर्न सक्छु भनि धम्काउदै आएका थिए ।
आक्रमणकारी लाई जुलेखाको श्रीमान पाकिस्तानी नागरिक खानले नगद २० हजार दिई जुलेखालाई धारिलो हतियार हान्नको लागि पठाएको र काम सम्मन्न भएपछी थप रकम दिन्छु भनि भनेको भन्ने पक्राउमा परेका ब्यक्तिहरुको प्रारम्भिक बयानबाट खुल्न आएको छ ।
गत बुधबार दिउसो १ बजे ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४४ की जुलेखा मिया र निजको नाबालिका छोरी घरमा नै बसिरहेको अबस्थामा अज्ञात दुई जना ब्यक्तिहरुले धारिलो हतियार दाउ हातमा लिएर घर भित्र पसी आक्रमण गरेका थिए । उक्त समयमा जुलेखाले हार गुहार गरेपछी उनिहरु भागेकाले ज्यान बाच्न सफल भएको जुलेखाले बताइन । उनिहरु बिरुद्द पिडित जुलेखा मियाबाट ज्यान मार्ने उद्योम मुद्दामा किटानी जाहेरी दरखास्त लिई जिल्ला अदालत तनहुँ बाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।
जबरजस्ती करणी उद्योग मुद्दा दर्ता
तनहुँको घिरिङ गाउपालिका वडा नं. ४ गड्यौलीटर बस्ने बर्ष २३ को शक्ती थापाले गत शनिबार बर्ष ३९ की स्थानिय महिलालाई जबरजस्ती करणीको प्रयास गरेको भनि पिडित महिलाले थापा बिरुद्द दिएको जाहेरी दरखास्त दर्ता भई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु