पोखरा । कर्मचारी आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा ईमरजेन्सी बाहेकका अरु सेवा चार दिन देखि ठप्प छ ।
आन्दोलनका कारण सेवा ठप्प हुदाँ विरामीहरु मर्कामा परेका छन् । कर्मचारी आन्दोनका कारण मंगलबार देखि मणिपाल अस्पताल बन्द छ । गाउँ गाउँबाट उपचार गराउन आएका ओपीडीका बिरामी उपचारबाट बञ्चित भएका छन् ।
अस्पतालको आचारसंहिता विपरित काम गरेको भन्दै प्रशासनले बैशाख ४ गते ४ कर्मचारीलाई जागिरबाट हटाएपछि कर्मचारी चाहीँ मोर्चाबन्दी गरेर आन्दोलनमा उत्रिए । अस्पतालको फार्मेसीमा काम गर्ने रमेश बोहरा, उनकी श्रीमति हेलेन पन्त, निलकण्ठ भट्टराई, टेकबहादुर विक, उनकी श्रीमति मञ्जु विक र लेखा शाखामा काम गरिरहेकी अल्पना ठाकुरलाई प्रशासनमा जानकारी नदिई कम्पनी खोलेर औषधी ब्यापार गरेको आरोप छ । बोहराकी श्रीमति हेलेन चाहीँ मनिपालकी कर्मचारी होईनन् । उनैलाई देखाएर कर्मचारीले ब्यापार गरेको अस्पतालले जनाएको छ ।
कर्मचारीहरुको आन्दोलनलाई अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले समर्थन जनाएको छ । अस्पताल पक्षले कर्मचारी माथि ज्यादती गरेको भन्दै बर्खास्त गरिएका कर्मचारीलाई तुरुन्तै पुनःबहालीको माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरिएको हो । सोमबारदेखि अनिश्चित कालका लागि आन्दोलन चलेको आन्दोलनकारी कर्मचारीहरुले बताए ।
मनिपालमा नन टिचिङ ६ सय ५० र टिचिङ तर्फ १ सय ५० गरी ९ सय हाराहारीमा कर्मचारी कार्यरत छन् । अस्पतालमा दैनिक १ हजार हाराहारीमा विरामीहरु उपचारका लागि आउने गर्छन् । तलव सुविधाको माग सहित लामो समयदेखि यहाँका कर्मचारीहरु आन्दोलित छन् । पटक पटक झडप समेत हुँदै आएको छ ।
स्थानीय फुलबारी क्लब, वडा कार्यालय ११ र नागरिक समाजले अस्पतालको सेवा बन्द नगर्न आग्रह गर्दै आएका छन् ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ