पोखरा । कर्मचारी आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा ईमरजेन्सी बाहेकका अरु सेवा चार दिन देखि ठप्प छ ।
आन्दोलनका कारण सेवा ठप्प हुदाँ विरामीहरु मर्कामा परेका छन् । कर्मचारी आन्दोनका कारण मंगलबार देखि मणिपाल अस्पताल बन्द छ । गाउँ गाउँबाट उपचार गराउन आएका ओपीडीका बिरामी उपचारबाट बञ्चित भएका छन् ।
अस्पतालको आचारसंहिता विपरित काम गरेको भन्दै प्रशासनले बैशाख ४ गते ४ कर्मचारीलाई जागिरबाट हटाएपछि कर्मचारी चाहीँ मोर्चाबन्दी गरेर आन्दोलनमा उत्रिए । अस्पतालको फार्मेसीमा काम गर्ने रमेश बोहरा, उनकी श्रीमति हेलेन पन्त, निलकण्ठ भट्टराई, टेकबहादुर विक, उनकी श्रीमति मञ्जु विक र लेखा शाखामा काम गरिरहेकी अल्पना ठाकुरलाई प्रशासनमा जानकारी नदिई कम्पनी खोलेर औषधी ब्यापार गरेको आरोप छ । बोहराकी श्रीमति हेलेन चाहीँ मनिपालकी कर्मचारी होईनन् । उनैलाई देखाएर कर्मचारीले ब्यापार गरेको अस्पतालले जनाएको छ ।
कर्मचारीहरुको आन्दोलनलाई अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले समर्थन जनाएको छ । अस्पताल पक्षले कर्मचारी माथि ज्यादती गरेको भन्दै बर्खास्त गरिएका कर्मचारीलाई तुरुन्तै पुनःबहालीको माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरिएको हो । सोमबारदेखि अनिश्चित कालका लागि आन्दोलन चलेको आन्दोलनकारी कर्मचारीहरुले बताए ।
मनिपालमा नन टिचिङ ६ सय ५० र टिचिङ तर्फ १ सय ५० गरी ९ सय हाराहारीमा कर्मचारी कार्यरत छन् । अस्पतालमा दैनिक १ हजार हाराहारीमा विरामीहरु उपचारका लागि आउने गर्छन् । तलव सुविधाको माग सहित लामो समयदेखि यहाँका कर्मचारीहरु आन्दोलित छन् । पटक पटक झडप समेत हुँदै आएको छ ।
स्थानीय फुलबारी क्लब, वडा कार्यालय ११ र नागरिक समाजले अस्पतालको सेवा बन्द नगर्न आग्रह गर्दै आएका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह