पोखरा । पोखरामा शनिबारदेखि हुन लागेको चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलनको तयारी पूरा भएको छ । दक्षिण एशियाली ज्योतिष महासंघको आयोजनामा जेठ १२ र १३ गते पोखरामा सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, थाइल्याण्ड, मलेशिया, बंगलादेश, बेलायत, कोरिया, हङकङ, इण्डोनेसिया लगायत देशका ७ सय बढी प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ ।
सम्मेलनमा दक्षिण एशियामा ज्योतिषीहरुले पालना गर्नुपर्ने आचारसंहिता र आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तालाई कसरी ज्योतिष विद्याप्रति आकर्षण बढाउन सकिन्छ भन्ने विषयमा मुख्य गरी छलफल हुनेछ । सम्मेलन सम्पन्न गर्न करिब ३५ देखि ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
‘ज्योतिष क्षेत्रलाई राज्यले उपेक्षा गरिरहेको छ,’ पत्रकार सम्मेलनमा सम्मेलन मूल निर्णायक समितिका अध्यक्ष डा लोकराज पौडेलले भने, ‘ज्योतिष क्षेत्रलाई महत्व दिए हामी पनि राष्ट्रका लागि योगदान दिन सक्छौं।’ त्यस्तै सम्मेलनमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा अभिनन्दन गर्ने पनि कार्यक्रम छ ।
पत्रकारिता क्षेत्रबाट स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी र मेरो जिल्ला डटकमका सम्पादक रामकृष्ण लामिछानेलाई सम्मान गरिने छ।
सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतम, राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष प्राडा माधव भट्टराई, विशिष्ट व्यक्तित्व प्र. श्रीकृष्ण अधिकारी, संस्कृतिविद् डा जगमान गुरुङ, एशियन एष्ट्रोलोजर कँग्रेस भारतका सभापति डा सत्य विश्वास, वरिष्ठ वास्तुविद् माधवमंगल जोशीलाई अभिनन्दन गरिने छ।
त्यसैगरी, पञ्चाङ्कार पद्यनाथ त्रिपाठी, पाङ्का बयोवृद्व गुरु खगराज रिजाल, यदुनाथ बास्तोला, बयोवृद्व गुरु मनोहरि त्रिपाठी, इन्द्रबहादुर गुरुङ, ज्योतिषी प्रेमकुमारी गुरुङलाई पनि सम्मान गरिने छ।
पत्रकार सम्मेलन दक्षिण एशियाली महासंघका अध्यक्ष डा सहदेव विष्टको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु