किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. २ गणेशमानचोक स्थितमा रहेको दमौली बचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँले अरु सहकारीले भन्दा धेरै व्याज दिने भन्दै बचतकर्ताको रकम ठगि गरि फरार रहेका मध्ये प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
सहकारीका संचालक समेतले रकम ठगी (खाई मासी हिनामिना) गरी कार्यालय बन्द गरेर फरार रहेका मध्ये सहकारीकी सचिव व्यास न.पा. १० बस्ने वर्ष २९ की दिव्या थापा, सहकारीका कोषाध्यक्ष व्यास न.पा. वडा नं. २ बस्ने वर्ष ४२ को राजु थापा, सहकारीकी लेखा अधिकृत व्यास न.पा. वडा नं. ३ बस्ने वर्ष २५ की लक्ष्मी थापा, सहकारीकी सदस्य व्यास न.पा. वडा नं. १ भातगाउँ बस्ने वर्ष २७ की दिपिका थापा लाइ शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न तरिका बाट सर्वसाधारण लाइ प्रलोभन देखाई उच्च व्याजदर दिन्छौ अन्य संस्थाले भन्दा सेवा सुविधा बढी दिन्छौ भनी १४.७५ प्रतिशत व्याजदरको अफर सहकारीले गरेको थियो । प्रत्येक घरघरमा गई दैनिक व्याजदरमा चल्ती तथा मुद्दती खाता खोल्न लगाई रकम जम्मा गराउदा बचतकर्ताहरुको संस्थामा चार करोड पचास लाख भन्दा बढी रकम जम्मा भएपछी उक्त रकम संस्थाका संचालक समितिले नै रकम ठगि गरेर फरार रहेका थिए । थम बहादुर बहिक कार्यालय प्रमुख तथा अध्यक्ष अझै सम्म पक्राउ परेका छैनन ।
प्रकाश भन्ने थम बहादुर वहिक र दिव्या थापाले डिभिजन सहकारी संस्थाबाट मिति २०६७ साउन १७ गते दर्ता नं. ४७२ (०६७/६८) मा बैधानिक रुपमा दमौली बचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँ दर्ता गराई व्यास-२ गणेशमानचोकमा संचालन गर्दै आएका थिए । थम बहादुर बहिक कार्यालय प्रमुख तथा अध्यक्ष, दिव्या थापा सचिब, राजु थापा कोषाध्यक्ष, लक्ष्मी थापा एकाउन्टेन (लेखा अधिकृत), दिपिका थापा समेत सदस्य रहेको उक्त सहकारीले बचतकर्ताको ठुलो रकम ठगि गरेर फरार रहेको थियो । कार्यालय बन्द गरेर फरार रहेकाहरु लाइ शुक्रबार पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ सुनिल मल्ल जानाकारी दिए ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने