किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. २ गणेशमानचोक स्थितमा रहेको दमौली बचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँले अरु सहकारीले भन्दा धेरै व्याज दिने भन्दै बचतकर्ताको रकम ठगि गरि फरार रहेका मध्ये प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
सहकारीका संचालक समेतले रकम ठगी (खाई मासी हिनामिना) गरी कार्यालय बन्द गरेर फरार रहेका मध्ये सहकारीकी सचिव व्यास न.पा. १० बस्ने वर्ष २९ की दिव्या थापा, सहकारीका कोषाध्यक्ष व्यास न.पा. वडा नं. २ बस्ने वर्ष ४२ को राजु थापा, सहकारीकी लेखा अधिकृत व्यास न.पा. वडा नं. ३ बस्ने वर्ष २५ की लक्ष्मी थापा, सहकारीकी सदस्य व्यास न.पा. वडा नं. १ भातगाउँ बस्ने वर्ष २७ की दिपिका थापा लाइ शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न तरिका बाट सर्वसाधारण लाइ प्रलोभन देखाई उच्च व्याजदर दिन्छौ अन्य संस्थाले भन्दा सेवा सुविधा बढी दिन्छौ भनी १४.७५ प्रतिशत व्याजदरको अफर सहकारीले गरेको थियो । प्रत्येक घरघरमा गई दैनिक व्याजदरमा चल्ती तथा मुद्दती खाता खोल्न लगाई रकम जम्मा गराउदा बचतकर्ताहरुको संस्थामा चार करोड पचास लाख भन्दा बढी रकम जम्मा भएपछी उक्त रकम संस्थाका संचालक समितिले नै रकम ठगि गरेर फरार रहेका थिए । थम बहादुर बहिक कार्यालय प्रमुख तथा अध्यक्ष अझै सम्म पक्राउ परेका छैनन ।
प्रकाश भन्ने थम बहादुर वहिक र दिव्या थापाले डिभिजन सहकारी संस्थाबाट मिति २०६७ साउन १७ गते दर्ता नं. ४७२ (०६७/६८) मा बैधानिक रुपमा दमौली बचत तथा ऋण सहकारी संस्था लिमिटेड तनहुँ दर्ता गराई व्यास-२ गणेशमानचोकमा संचालन गर्दै आएका थिए । थम बहादुर बहिक कार्यालय प्रमुख तथा अध्यक्ष, दिव्या थापा सचिब, राजु थापा कोषाध्यक्ष, लक्ष्मी थापा एकाउन्टेन (लेखा अधिकृत), दिपिका थापा समेत सदस्य रहेको उक्त सहकारीले बचतकर्ताको ठुलो रकम ठगि गरेर फरार रहेको थियो । कार्यालय बन्द गरेर फरार रहेकाहरु लाइ शुक्रबार पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ सुनिल मल्ल जानाकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु