किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ देउरालीमा आज शनिबार साझ सवारी दुर्घटना भएको छ ।
पोखराबाट काँकडभित्ता तर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको यात्रुवाहक रात्रिबस र डुम्रे बाट दमौली तर्फ आउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग स्थित देउरालीमा एक आपसमा ठोक्किदा २ जनाको मृत्यु र २ घाइते जना गम्भीर घाइते भएका छन । उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार ४ जना गम्भिर घाइते भएकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको र २ जनाको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते ४ मध्ये २ जनाको दमौली स्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने २ जनाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा वीरगन्ज पतौरा सुगौलीका राजा राय र धिरज चौधरी रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा वीरगन्ज पतौरा सुगौलीका भोला चौधरी र संजय चौधरी रहेका छन ।
उमेर नखुले पनि १८/२० वर्ष जस्तो देखिने जिल्ल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । “एउटा मोटरसाइकलमा ४ जना सवार रहेछन, घाइते २ जनाको पोखरामा उपचार हुदैछ र यस घटना बारे थप अनुसन्धान भइरहेको छ” जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले बताए ।
भोला चौधरी तनहुँको डुम्रे स्थित एक हार्डवेयर पसलमा काम गर्ने र उनै भोलाले आफ्ना साथीहरु लाइ डुम्रे बोलाएको र शनिबार घुम्नको लागि एउटै मोटरसाइकलमा ४ जना सवार हुदा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार साझ ७ बजेको समयमा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित खबर
तनहुँमा ५ दिनदेखि बेपत्ता गोरखाका युवक मृत फेला
स्ववियु निर्वाचनः तनहुँमा अनेरास्ववियु २ क्याम्पसमा, नेविसंघ र क्रान्तिकारी १/१मा विजयी
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
तनहुँमा च्याउ खाएर बिरामी भएका १ जनाको मृत्यु
तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला
एमाले गण्डकीको कार्यालय सचिवमा तनहुँका आरके पोख्रेल
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पिएनमा एमाले अखिलको अग्रता कायमै, काँग्रेसको नेवि संघलाई स्वतन्त्रले पछि पार्यो
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै