किरण श्रेष्ठ, तनहुँ । ‘मिस तनहुँ’ सिजन ३ अर्थात मिस तनहुँ २०१८’ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए ।
अडिसनबाट ११ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । केहि युवतीहरु लाइ पछी वाइल्ड कार्ड मार्फत पनि प्रतियोगितामा सहभागी गराइने घलेले बताइन । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् ।
जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस तनहुँ’ को आयोजना गरिएको आयोजकले बताएका छन । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् ।
मिस तनहुँ २०१५ की विजेता सुजाना श्रेष्ठ, मिस तनहुँ २०१७ को बिजेता अश्विनी तामाङ र संचारकर्मी तथा युवा अभियन्ता विपिन श्रेष्ठले छनोट गरेका थिए । मिस तनहुँ २०१८ को बिजेताले यामाहाको स्कुटर, ताज, प्रमाणपत्र, मायाको चिनो, मोडलिङ कन्ट्याक र म्युजिक भिडियोमा अभिनय गर्न पाउने आयोजकले जनाएको छ । कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ ।
सम्बन्धित खबर
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
वडा कार्यालयमा आगलागी हुँदा आठ लाख बराबरको क्षति
बाढीको सूचना दिन सेती नदीको तटीय क्षेत्रमा जडान गरियो साइरन
तनहुँको चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
अमेरिका पठाइदिने भन्दै साढे ७५ लाख ठगी गर्ने तनहुँका रञ्जन पाण्डे पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा