किरण श्रेष्ठ, तनहुँ । ‘मिस तनहुँ’ सिजन ३ अर्थात मिस तनहुँ २०१८’ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए ।
अडिसनबाट ११ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । केहि युवतीहरु लाइ पछी वाइल्ड कार्ड मार्फत पनि प्रतियोगितामा सहभागी गराइने घलेले बताइन । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् ।
जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस तनहुँ’ को आयोजना गरिएको आयोजकले बताएका छन । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् ।
मिस तनहुँ २०१५ की विजेता सुजाना श्रेष्ठ, मिस तनहुँ २०१७ को बिजेता अश्विनी तामाङ र संचारकर्मी तथा युवा अभियन्ता विपिन श्रेष्ठले छनोट गरेका थिए । मिस तनहुँ २०१८ को बिजेताले यामाहाको स्कुटर, ताज, प्रमाणपत्र, मायाको चिनो, मोडलिङ कन्ट्याक र म्युजिक भिडियोमा अभिनय गर्न पाउने आयोजकले जनाएको छ । कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा