पोखरा । कास्कीका संचारकर्मीहरुले पत्रकार तथा सहित्यकार कृष्ण सेन इच्छुकलाई सम्झना गरेका छन् । २०५९ जेठ १३ गते प्रहरी हिरासतमा हत्या गरिएका पत्रकार, साहित्यकार ‘इच्छुक’को १६ औँ स्मृतिमा पत्रकारले पत्रकारितामा अझै सुरक्षा चुनौतीहरु विद्यमान रहेको बताए । सेनका हत्याराहरुलाई कानूनी कारवाही गरेमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने भनाई सहभागिले औँल्याए ।
नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले कम्युनिस्ट आदर्श र परिवर्तनका लागि बलिदान गर्नेहरुलाई कदर गरिने बताए । हालै बनेको नेकपाले परिवर्तन र समाजवादको नेतृत्व गर्ने उनको भनाइ छ । नेता गुरुङले भने, ‘हाम्रा लागि यो अवसर र चुनौती दुवै हो । सहिदका आदर्श विचलित हुन दिन्नौं ।’
लेखक सुरेश रानाभाटले इच्छुकको जीवन र उनले अंगीकार गरेको दर्शनमा एकरुपता भएको उल्लेख गरे । इच्छुकको विषयमा विश्वविद्यालयमा शोधपत्र लेखेका रानाभाटले इच्छुक खरो, स्पष्ट र प्रतिवद्ध स्वभाव स्वाभिमानी पत्रकार÷लेखकका लागि अनुकरणीय रहेको उल्लेख गरे । उनले भने, ‘इच्छुक हाम्रा लागि अनुकरणीय छन् ।’ क्रान्तिको अगुवाइ गर्नेहरु नै सक्तामा रहेकाले उनको हत्यामा संलग्नलाई दण्डित गर्न सरकारलाई रानाभाटले आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल र सचिव रामप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए । साहित्यकार फडिन्द्र अधिकञ्चनले इच्छुकका सपना साकार गर्न नेतृत्वलाई कवितामार्फत् खबरदारी गरे ।
स्मृति दिवस संयोजन समितिका संयोजक सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार कृष्ण दवाडीले गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो