पोखरा । प्रदेश नम्बर चार प्रहरी कार्यालय पोखराको जिम्मेवारी हालै सम्हालेका प्रहरी नायब महानिरीक्षक (डिआईजी) दानसिंह बोहराले नागरिक मैत्री व्यवहार गर्दै नागरिककै सहयोगमा प्रहरीले कामकारबाही अघि बढाउने बताएका छन् ।
संघीय संरचना बमोजिम क्षेत्रबाट प्रदेशमा रुपान्तरण भएपछि यहाँ जिम्मेवारी सम्हालेका बोहराले शान्ति, अमनचयन कायम राख्न प्रहरीका पक्षबाट कुनै कमी हुन नदिने पनि बताए । मातहतका ११ जिल्लामा शान्तिसुरक्षाका लागि आफू प्रतिबद्ध रहेको यहाँका पत्रकारसामु बताए ।
आईतबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्दै उनले प्रहरीबाट भएगरेका कमीकमजोरी तथा गर्नुपर्ने कामका बारेमा सहयोगका साथै खबरदारी गर्न समेत उनको आग्रह थियो । स्रोत साधनले भ्याएसम्म र सम्बन्धित पक्षको साथ मिलेसम्म आवश्यक पूर्वाधार तयार गरी पोखरालाई चौबिसै घण्टा खोल्ने कुरामा आफू पक्षमा रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा डिएसपी नेतृत्व प्रक्रियामा रहेको डिआईजी बोहराले जनाए । उनले प्रदेश नं. ४ मा प्रहरी तालिम केन्द्र नरहेका कारण कठिनाई रहेको बताए । उनले प्रदेशमा दरबन्दी बमोजिम जनशक्ति नभएको समेत बताए ।
पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले रामबजार प्रहरी कार्यालय व्यक्तिको जग्गामा बसेको, जिल्ला ट्राफिक कार्यालय भवनका लागि नागरिक स्तरमा सहयोग माग गरेको लगायतका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।
प्रदेश प्रहरी कार्यालय पोखरा चैत्र २८ गतेदेखी प्रमुख बिहीन बनेको थियो । बोहरा एसएसपीबाट गत जेठ ३ गते मात्र बढुवा भएका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह