एकिकृत घुम्ती सेवामा थासाङका ६ सय लाभान्वित

एकिकृत घुम्ती सेवामा थासाङका ६ सय लाभान्वित

a

सुन्दर कुमार थकाली,मुस्ताङ,मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका ३ लेते केन्द्रमा सोमबार एकदिने एकिकृत बृहत निःशुल्क घुम्ती सेवामा ६ सय जना लाभान्वित भएका छन् ।

सरकारको निती अनुरुप जनताको घरदैलोमै सरकारी सेवा प्रवाह गर्नेगरि जिल्ला प्रशासन कार्यालय मुस्ताङले सदरमुकाम जोमसोममा भएका सेवाप्रवाहित निकायलाई समन्वय गरेर एकिकृत घुम्ती सेवा प्रदान गरेको हो । जसअन्तर्ग भएको कार्यक्रममा जिल्लाका विभिन्न एक दर्जन सरकारी तथा गैरसरकारी निकायले सेवा प्रवाह गरेका गरेका छन् ।

सरकारी सेवा सुविधालाई जनताको शहजताको लागि स्थानीयको घर आगनमै पु¥याउने उद्देश्यले पहिलो चरणको एकिकृत घुम्ती सेवा संञ्चालन भएको हो ।जसअन्तर्गत जिल्ला प्रशासन कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,बज्रदल गण जोमसोम,जिल्ला समन्वय समिति,वागवानी बिकास केन्द्र मार्फा,जिल्ला कृषि बिकास बैङ्क,जिल्ला भुसंरक्षण कार्यालय,खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय,जिल्ला आयुर्वेद,महिला तथा बालबालिका कार्यालय,घरेलु तथा सान उद्योग र प्रभु बैङ्कले आ–आफ्नो विषयगत सेवाहरु जनताको घरदैलोमा पु¥याएका हुन् ।

थासाङ गाउँपालिकाको समन्वयमा जनतालाई सामाजिक सुरक्षा भत्ता शहज रुपले उपलब्ध गराउन बैङ्क तथा बित्तिय संस्था प्रभुबैङ्क संग सहकार्य गरेको हो ।कुनै बैङ्किङ सुविधा नभएको थासाङमा प्रभु बैङ्कले स्थानीय स्तरमै घुम्ती सेवा संञ्चालन गरेपछि सामाजिक सुरक्षा भत्ता लिन सहज हुने थासाङका प्रशासकिय अघिकृत बिनोद पौडेलले जानकारी दिए ।

त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालयले ओपिडि सेवा र प्रसुती सेवा,जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरण,बज्रदल गण सेनाको टोलीले ओपिडी स्वास्थ्य सेवा,महिला तथा वालवालिका कार्यालयले अपाङ्ग परिचयपत्र,खानेपानी तथा सबडिभिजनले शुद्ध खानेपानी संम्वन्धि जनचेतना,आयर्वेद उपचार,कृषि बिकास बैङ्कले कृषि प्रयोजनमा गरिने लगानी,पशुसेवा कार्यालयले पशुसेवाबारे परामर्श तथा औषधि वितरण,घरेलु तथा साना उद्योग बिकासले उद्योग दर्ता,मालपोत कार्यालय जग्गा रजिष्टेसन गर्ने,कृषि कार्यालयले मल तथा बिउ प्रदान र भुसंंरक्षण कार्यालय अन्नपुर्ण संरक्षणक्षेत्र एक्याप र जिसस आदीले आआफुना सेवा प्रवाह गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको घुम्ती सेवामा १ व्यक्तिले आधा दर्जन भन्दा बढी सेवा लिएको जनाईएको छ ।थासाङ केन्द्रमा घुम्ती सेवा संञ्चालन हुने थाहा पाएपछि ५ वटै वडाका स्थानीय बिहानै लेतेमा जम्मा भएका थिए ।सेवा लिनका लागि सदरमुकाम पुग्न पर्ने झन्झट कम हुने भएपछि स्थानीयको भीड लागेको थासाङ २ का वडा अध्यक्ष नरप्रसाद हिराचनको भनाई छ ।उनले सरकारको निति अनुसार भएको यसप्रकारको कार्यक्रमले एकैदिन विभिन्न सेवाको लाभ लिन सजिलो भएको जनाए ।

यसअघि भएको घुम्ती सेवा उद्घाटनमा सिडियो शिशिर पौडेलले जनता घरदैलोमा सरकारको उपरिस्थती देखाउन कार्यक्रम आयोजना गरेको जनाए ।उनले जनतालाई सदरमुकाम सम्म सेवा लिन कठिनाई र खर्चिलो हुने भएकाले जिल्लामा संञ्चालित सबै सेवा सुविधालाई एउटै थलोमा प्रवाह गर्नेगरि जनतालाई राहतको अनुभुति प्रदान गर्न खोजिएको स्पष्ट पारे ।उनले चालु आर्थिक वर्षको यो पहिलो कार्यक्रम भएको र केही दिनमै उपल्लो मुस्ताङका २ गाउँपालिकामा एकिकृत घुम्ती सेवा संञ्चालन गर्ने खुलाए ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङले सरकार निति अनुसार भएको यसप्रकारको सेवा प्रवाहले जनतालाई प्रत्यक्ष आर्थिक राहत पुग्ने जनाईन् । उनले जनता संग सरोकार राख्ने यस्ता सेवाहरु वर्षेनी जिल्लाका सबै स्थानीयतहमा संञ्चालन हुनुपर्ने बताईन् । थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय स्तरमा हुने यसप्रकारका कार्यक्रमले जनतालाई प्रत्यक्ष राहत पुग्ने बताईन् । उनले यस्ता कार्यक्रम वर्षेनी संञ्चालन भएमा जनसरोकारका बिषयमा नागरिकले सुविधा पाउँने उल्लेख गरिन् । घुम्ती सेवाको जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले उद्घाटन गरेकी थिईन् ।सेवामा सबै सेवा प्रदायक निकायका विषय विज्ञ टोलीहरुको उपस्तिी रहेको थियो ।कार्यक्रम विष्णु बास्तोलाले संञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds