मुस्ताङमा गणतन्त्र दिवसमा ताल सरसफाई

मुस्ताङमा गणतन्त्र दिवसमा ताल सरसफाई

IMG_1531

सुन्दर कुमार थकाली, मुस्ताङ । ११औं गणतन्त्र दिवसको उपलक्षमा जिल्ला युवासमिति मुस्ताङको आयोजनामा मंगलवार थासाङ गाउँपालिका २ कोवाङको सेकुङ तालमा बृहत सरसफाई गरेको छ ।

कालिगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको बोक्सीखोलादेखि पश्चिमतर्फको करिव २८ सय मिटर उचाईमा अवस्थित सेकङ ताललाई जिल्ला युवासमिति,नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरीसरकारी निकायका प्रतिनिधि ,नागरिक समाज,राजनितिक दल,पत्रकार र स्थानीयवासीले पुर्णसरसफाई गरेका हुन् ।


सरसफाईमा जुुटेको करिव सय जनाको टोलीले सेकुङ वरपर फैलिएका फोहोरलाई जलाएका थिए भने सुरक्षाकर्मीले तालमा फैलिएको लेउ निकालेर व्यवस्थापन गरेका थिए ।प्राकृतिक सम्पदाले भरिएको सेकुङ ताल गोलाकार आकारको छ ।करिव २ सय मिटरक्षेत्रफल भएको ताल धौलागिरी आईसफल क्षेत्रमा पर्दछ ।प्रचार प्रचार र संरक्षणको अभावले यस ताल ओझेलमा पर्दे आईरहेको छ ।निकै रमणिय प्राकृतिक भुगोलकाबीचमा अवस्थित रहेकाले पर्यटक लोभ्याउन यस तालको संम्भावना उक्तिकै बढेको देखिन्छ ।थासाङमा रहेको टिटी तालपछिको यसताल महत्वपुर्ण पर्यटकिय संम्पदा भएको र यसका लागि जिल्ला स्तरबाटै आवश्यक पहल हुनुपर्ने स्थानीयवासीको भनाई छ ।सेकुङ तालको संरक्षण बिकास हुनसकेमा यसक्षेत्रको आर्थिक बिकासमा श्रीबृद्धि हुने उनीहरुको भनाई छ ।

यसअघि धौलागिरी आईसफलक्षेत्रमा रहेको सेकुङ  र भुतर्छो तालको पुर्वाधार बिकासमा राष्ट्रिय प्रकृति संरक्षणकोष,अन्नपुर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले सहयोग पु¥याउदै आएको छ ।पछिल्लो समय एक्यापले सेकुङ र भुतर्छो तालको स्तरोन्नतीका लागि १० लाख बजेट बिनियोजन गरेको थियो ।जसबाट एक्यापले सेकुङ,भुतर्छो पदमार्ग स्तरोन्नती,होडिङ साईनबोर्ड र ताल वरीपरी बाटोको निर्माण गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटक प्रर्वधन गर्ने उद्देश्यले समितिले सरसफाईको कार्यक्रम आयोजना गरेको समितिले जनाएको छ ।सडकमार्गदेखि करिव ३ किलोमिटर दुरीमा पर्ने सेकुङ ताल सरसफाईको सुभारम्भ कार्यक्रममा समितिका अध्यक्ष सम्राट गौचनले सेकुङ ताल माथिको धौलागिरी आईसफल क्षेत्रलाई यार्सा हबको रुपमा बिकास गर्न सकिने बताए ।उनले मुस्ताङमा दैनिक सयौ पर्यटकको आगमनमा बृद्धि भएपनि सेकुङ ओझेलमा परेकाले यसको प्रर्वधन र संमक्षण ध्यान दिन आवश्यक भएको औल्याए । सरसफाई तथा अवलोकन गर्न सेकुङ पुगेका सिडियो शिशिर पौडेल सेकुङ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपुर्ण गन्तब्य बन्नसक्ने  जनाए ।उनले धौलागिरी हिमाल र थासाङक्षेत्रको प्राकृतिक सौन्दर्यता नियाल्दै पर्यटकले तालको अवलोकन गर्न सकिने भएकाले यसको संरक्षण र स्तरोन्नती आवश्यक भएको बताए ।जिल्ला समन्वय ईकाई प्रमुख मतिलाल चपाईले सेकुङ तालको प्रर्वधन र यसको बिकासका लागि सरसफाईबाट जनचेतना अभिबृद्धि गर्न कार्यक्रम आयोजना भएको बताए ।

यसअघि जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले सरसफाईको सुभारम्भ गरेकी थिईन ।थासाङ २ का वडाअध्यक्ष नरप्रसाद हिराचनले बेनी ,जोमसोम सडक नजिकै भएरपनि सेकुङ तालको प्रर्वधन हुन नसकेको जनाउदै यसतालको बिकास हुनसके थासाङको आर्थिक बिकासमा सहयोग पुग्ने बताए ।उनले ताल सरसफाईमा सबैको उत्साहजन सहभागी प्रति धन्यवाद व्यक्तै गर्दे धौलागिरी क्षेत्र र तालको प्रर्वधन र बिकासमा सबैको सहयोग आवश्यक भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds