किरण श्रेष्ठ, तनहुँ । तनहुँका १० वटा स्थानीय तहले २ अर्ब ८७ करोड २० लाख बजेट पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेट अनुसार जिल्लाका १० स्थानीय तह मध्ये व्यास नगरपालिकाले सवैभन्दा धेरैं ६० करोड ७२ लाख बजेट पाउने भएको छ । यस्तै भानु नगरपालिकामा ४० करोड ८४ लाख, शुक्लागण्डकी नगरपालिकामा ३८ करोड १२ लाख र भिमाद नगरपालिकामा २७ करोड ७९ लाख रकम बिनियोजन भएको छ ।
यस्तै तनहुँको बन्दीपुर गाँउपालिकामा १९ करोड ६३ लाख, म्याग्दे गाँउपालिकामा १९ करोड ४७ लाख, रिसिङ गाँउपालिकामा २३ करोड ४६ लाख, आबुखैरेनी गाँउपालिकामा १९ करोड २५ लाख, घिरिङ गाँउपालिकामा १९ करोड ९ लाख र देवघाट गाँउपालिकामा १८ करोड ८३ लाख रकम बिनियोजन भएको छ । स्थानीय तहहरुले एक खर्ब ९५ अर्ब पाँच करोड रुपैयाँ बजेट पाएका छन् । बजेट अनुसार प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ । सबैभन्दा कम बजेट पाउनेमा प्रदेश ४ छ । सबैभन्दा बढी प्रधानमन्त्री र अर्थमन्त्रीको जन्मथलो प्रदेश १ लाई १९ अर्व ८८ कोड ७० लाख रुपैयाँ बजेट छ भने सबैभन्दा कम प्रदेश ४ लाई १३ अर्व २७ करोड ८६ लाख रुपैयाँ छ । प्रदेश १ ले वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ अर्ब ६१ करोड र सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड बजेट पाएको छ ।
यो पनि पढ्नुहोस :
प्रदेश नं. ४ लाई सबैभन्दा थोरै बजेट, केन्द्रिय अनुदान १३ अर्ब मात्रै
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?