किरण श्रेष्ठ, तनहुँ । तनहुँका १० वटा स्थानीय तहले २ अर्ब ८७ करोड २० लाख बजेट पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेट अनुसार जिल्लाका १० स्थानीय तह मध्ये व्यास नगरपालिकाले सवैभन्दा धेरैं ६० करोड ७२ लाख बजेट पाउने भएको छ । यस्तै भानु नगरपालिकामा ४० करोड ८४ लाख, शुक्लागण्डकी नगरपालिकामा ३८ करोड १२ लाख र भिमाद नगरपालिकामा २७ करोड ७९ लाख रकम बिनियोजन भएको छ ।
यस्तै तनहुँको बन्दीपुर गाँउपालिकामा १९ करोड ६३ लाख, म्याग्दे गाँउपालिकामा १९ करोड ४७ लाख, रिसिङ गाँउपालिकामा २३ करोड ४६ लाख, आबुखैरेनी गाँउपालिकामा १९ करोड २५ लाख, घिरिङ गाँउपालिकामा १९ करोड ९ लाख र देवघाट गाँउपालिकामा १८ करोड ८३ लाख रकम बिनियोजन भएको छ । स्थानीय तहहरुले एक खर्ब ९५ अर्ब पाँच करोड रुपैयाँ बजेट पाएका छन् । बजेट अनुसार प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ । सबैभन्दा कम बजेट पाउनेमा प्रदेश ४ छ । सबैभन्दा बढी प्रधानमन्त्री र अर्थमन्त्रीको जन्मथलो प्रदेश १ लाई १९ अर्व ८८ कोड ७० लाख रुपैयाँ बजेट छ भने सबैभन्दा कम प्रदेश ४ लाई १३ अर्व २७ करोड ८६ लाख रुपैयाँ छ । प्रदेश १ ले वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ अर्ब ६१ करोड र सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड बजेट पाएको छ ।
यो पनि पढ्नुहोस :
प्रदेश नं. ४ लाई सबैभन्दा थोरै बजेट, केन्द्रिय अनुदान १३ अर्ब मात्रै
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला