महेन्द्र जिसी, पर्वत । छ वर्ष अघि भारतमा अध्ययनका क्रममा दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएर थलिएका बाग्लुङ नगर पालिका ३ रातमाटाका ३२ वर्षिय बामन सापकोटालाइ उपचारार्थ विदेशबाट सहयोग प्राप्त भएको छ ।
गत २०६९ असार ३ गते भारतीय विद्या भवन दिल्लीमा अध्ययनरत रहँदा दुर्घटनामा परि मेरुदण्डले काम नगरेर अपाङ्ग बनेका सापकोटालाई सकरात्कमक परिवर्तनको लागि हातेमालो अभियानका अभियान्ताहरुद्वारा संकलित रकम सहयोग गरिएको हो ।
धौलागिरीका विभिन्न जिल्लामा घर भई रोजगारको शिलशिलामा अमेरीका पुगेका नेपालीहरुको सहयोगमा संकलित दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । अमेरीका संयोजक ईन्दुराज रेग्मीको पहलमा संकलित दुईलाख रुपैयाँ सापकोटाको उपचारको लागि स्थानीय अभियान्ता अच्युत तिवारी, राजु पौडेल र स्थानीय सञ्चारकर्मीको सहभागितामा हस्तान्तरण गरिएको हो ।
शनिबार सापकोटाको घरमा पुगेर सांसद डा. सुर्य पाठकले सापकोटालाई रकम हस्तान्तण गरे । रकम ग्रहण गर्दै ज्योतिष विधाका दुई विषयमा प्राचार्य गरेका सापकोटाले गहभरी आँशु पार्दै आफुलाई गाउँबाट निकालेर आफुमा भएको शिक्षाको सदुपयोग गर्न सरकारसँग आग्रह गरे । सापकोटाले आफुले विद्या दान गरेर जीविका धान्न सक्ने बताउँदै सरकारले वातवरण बनाई दिएमा लोपोन्मुख संस्कृत विद्याको जगेर्नामा आफू लागि पर्ने बताए ।
दिल्लीको ६ महीने उपचार पछि घर फर्किएका सापकोटाको शरीरको तल्लो भाग नचल्ने अवस्थामा रहेको छ । हुईलचियर बाटै भएपनि वातावरण अनुकुल भएका आफुले शिक्षा दान गर्न सक्ने सापकोटाको आत्मविश्वास छ । सापकोटाले घरैमा रहेर पनि ज्योतिस शास्त्रका पुस्तक लेख्दै आएका छन् । उपचारको लागि खर्चले नपुग्ने भएपछि रोग पालेर घरै बस्नु परेको वावु मनोहरी सापकोटाले बताए । रातमाटा विकास समाजका अध्यक्ष कवीन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राजु पौडेल, विसन क्षेत्री लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग