महेन्द्र जिसी, पर्वत । छ वर्ष अघि भारतमा अध्ययनका क्रममा दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएर थलिएका बाग्लुङ नगर पालिका ३ रातमाटाका ३२ वर्षिय बामन सापकोटालाइ उपचारार्थ विदेशबाट सहयोग प्राप्त भएको छ ।
गत २०६९ असार ३ गते भारतीय विद्या भवन दिल्लीमा अध्ययनरत रहँदा दुर्घटनामा परि मेरुदण्डले काम नगरेर अपाङ्ग बनेका सापकोटालाई सकरात्कमक परिवर्तनको लागि हातेमालो अभियानका अभियान्ताहरुद्वारा संकलित रकम सहयोग गरिएको हो ।
धौलागिरीका विभिन्न जिल्लामा घर भई रोजगारको शिलशिलामा अमेरीका पुगेका नेपालीहरुको सहयोगमा संकलित दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । अमेरीका संयोजक ईन्दुराज रेग्मीको पहलमा संकलित दुईलाख रुपैयाँ सापकोटाको उपचारको लागि स्थानीय अभियान्ता अच्युत तिवारी, राजु पौडेल र स्थानीय सञ्चारकर्मीको सहभागितामा हस्तान्तरण गरिएको हो ।
शनिबार सापकोटाको घरमा पुगेर सांसद डा. सुर्य पाठकले सापकोटालाई रकम हस्तान्तण गरे । रकम ग्रहण गर्दै ज्योतिष विधाका दुई विषयमा प्राचार्य गरेका सापकोटाले गहभरी आँशु पार्दै आफुलाई गाउँबाट निकालेर आफुमा भएको शिक्षाको सदुपयोग गर्न सरकारसँग आग्रह गरे । सापकोटाले आफुले विद्या दान गरेर जीविका धान्न सक्ने बताउँदै सरकारले वातवरण बनाई दिएमा लोपोन्मुख संस्कृत विद्याको जगेर्नामा आफू लागि पर्ने बताए ।
दिल्लीको ६ महीने उपचार पछि घर फर्किएका सापकोटाको शरीरको तल्लो भाग नचल्ने अवस्थामा रहेको छ । हुईलचियर बाटै भएपनि वातावरण अनुकुल भएका आफुले शिक्षा दान गर्न सक्ने सापकोटाको आत्मविश्वास छ । सापकोटाले घरैमा रहेर पनि ज्योतिस शास्त्रका पुस्तक लेख्दै आएका छन् । उपचारको लागि खर्चले नपुग्ने भएपछि रोग पालेर घरै बस्नु परेको वावु मनोहरी सापकोटाले बताए । रातमाटा विकास समाजका अध्यक्ष कवीन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राजु पौडेल, विसन क्षेत्री लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु