गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
किरण श्रेष्ठ, तनहुँ । तनहुँका लोकप्रिय युवा गायक बसन्त विश्वकर्मा र चर्चित लोकदोहोरी गायिका पवित्रा सर्तुंगे मगरको मौलिक सालैजो गीत गल्लाले हिजो आइतबार देखि बजारमा आएको छ ।
गल्लालेमा मोडल रिना थापा र सुमन थापा मगरको अभिनय रहेको छ । गल्लालेमा बसन्त बिश्वकर्माको शब्द तथा दिवान किनारको लय र एरेन्जमा रहेको छ । गीतमा बसन्त बिश्वकर्मा र पवित्रा सर्तुंगे मगरले स्वर दिएका छन । आशिष म्युजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन । उक्त गीतलाई करण चैसिरले छायांकन तथा नबिन घर्ति मगर र प्रकाश धमलाले सम्पादन गरेका हुन । एकता फिल्मसले तयार गरेको उक्त भिडियोलाई म्युजिक नेपालको युटुब च्यानलबाट आइतबार सार्बजनिक गरिएको छ । उक्त गीतको सम्पूर्ण छायांकन पर्यटकीय गाउँ घान्द्रुकमा गरिएको गायक बसन्त बिश्वकर्माले जानकारी दिए । “धेरै समयको प्रतीक्षा,मेहेनेत र दुखका साथ पबित्रा मगर र मेरो गितिसङ्ग्रह सालैजो गल्लाले सार्बजनिक भएको छ, अत्यन्तै खुशि छु गायक बसन्त बिश्वकर्माले भने”, “केही फास्ट बिटको गितहरु गाएको थिए तर यो मेरो पहिलो सालैजो गाउने प्रयास हो ।” जस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला, यहाहरुको सुझाबलाई मनन गर्ने छु गायक बिश्वकर्माले सामाजिक संजालमा गित शेयर गर्दै उक्त कुरा बताएका छन ।
हेर्नुस गल्लाले (म्युजिक भिडियो) :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’