किरण श्रेष्ठ,तनहुँ । तनहुँ कलाकार संघको आइतबार दमौलीमा दोश्रो अधिवेशन सम्पन्न भएको छ । दमौलीमा सम्पन्न सम्मेलनले यमसागर विकको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सिर्जना आले र द्वितिय उपाध्यक्षमा प्रकाश विक चयन भएका छन् । त्यसैगरी संघको सचिवमा शर्मिला राना, सहसचिवमा अशोक बिश्वकर्मा र कोषाध्यक्षमा कृष्ण बहादुर बिक, सह कोषाध्यक्ष सिर्जना थापा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा मनोज सुवर्णकार, पूर्णमाया नेपाली, रुपा थापा, शर्मिला क्षेत्री, रुचि भुजेल, जमुना नेपाली, पुजा घर्ती, एकमाया श्रेष्ठ र विमल सुनार रहेका छन् । अधिवेशनले संघको सल्लाहकारमा राजकुमार श्रेष्ठ ‘राकु’, दिपक राई, दिलिपकुमार श्रेष्ठ, दिवान किनार, सुवास गुरुङ, सुभद्रा श्रेष्ठ, विष्णु खड्का लाई चयन गरेको छ । त्यस्तै संघको संरक्षकमा कृष्णप्रसाद गौतम र उत्सव सुनार लाई चयन गरेको छ ।
संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकु, गायक दिवान किनार लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण