लाइसेन्स बनाइदिने भन्दै रकम असुल्ने चितवनका राजु प्रहरी फन्दामा

लाइसेन्स बनाइदिने भन्दै रकम असुल्ने चितवनका राजु प्रहरी फन्दामा

कास्कीमा लाईसन बनाईदिन्छु भन्दै पैसा लिई ठगी गर्ने ब्यक्ति पक्राउ

पोखरा । लाइसेन्स बनाइदिने भन्दै रकम असुल्ने प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा चितवन जिल्ला पार्वतीपुर उपमहानगरपालिका वडा नं. ३ कञ्चन बस्ती भई पोखरा ५ प्रस्याङ बस्ने ३१ वर्षीय राजु पौडेल रहेका छन् ।

सवारी चालक अनुमति पत्र बनाईदिन्छु भन्दै पैसा असुलेका छन् भन्ने गोप्य सुचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

पौडेललाई अनुसन्धान गर्ने क्रममा लाइसेन्स बनाईदिन्छु भन्दै १५ हजार देखी ६७ हजार सम्म लिएको र करिव ६ महिना देखी १ दर्जन भन्दा बढि व्यक्तिहरुबाट नगदका साथै नागरीकता समेत लगेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ