स्याङ्जा । मोटरसाइकल दुर्घटनामा अनेरास्ववियु विद्यार्थी नेताको मृत्यु भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो ।
सुनार मिर्मी बहुमुखी क्याम्पस स्याङ्जाका स्ववियु सचिव समेत हुन् । दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा उनको मृत्यु भएको हो भने चारजना घाइते भएका छन् ।
गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनारले ज्यान गुमाए ।
स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुई मोटरसाइकलमा पाँचजना सवार थिए ।
घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन् । घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त