पोखरा । वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई गैह्रापाटनको पश्चिमाञ्चल माविले बुधबार सम्मान गरेको छ । पश्चिमाञ्चलबाट १२ कक्षाको परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो ।
नेपालीले अघिल्लो साता खेलकुद पत्रकार मञ्च कास्कीले स्थापना गरेको स्पोर्टस अवार्डको तेश्रो संस्करणको उत्कृष्ट महिलातर्फको विधाको उपाधि हात पारेकी थिइन् । खेल क्षेत्रबाट विद्यालयको नाम राख्न सफल भएको भन्दै पश्चिमाञ्चलले बिमलालाई सम्मान गरेको हो । विमला सोतोकान कराँतेकी खेलाडी हुन् । उनले स्वदेश भित्र र बाहिर खेलेका विभिन्न प्रतियोगिताबाट स्वर्ण पदक हात पारिसकेकी छिन् ।
सम्मान कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरे । खेल क्षेत्रबाटै पनि देशलाई योगदान दिन सकिने उनले बताए । पश्चिमाञ्चल फाउन्डेसनले संचालन गरेको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा स्नातक तहमा अध्ययन गर्नका लागि बिमलालाई सतप्रतिशत छात्रवृत्ति दिइने पराजुलीले घोषणा गरेका थिए ।
विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले बिमलाले सिंगो मुलुकको नाम राख्न सकेको बताए । उनले अगामि दिनका पनि बिमलाले देशका लागि नाम उच्च राख्न थप मेहनत गर्न शुभकामना दिए । सम्मानित बिमलाले परिवारको सहयोग र सबैको साथले यो तहसम्म पुग्न सकेको बताईन । विद्यालयका कोअर्डिटेनर यादव गिरीले खेलकुद क्षेत्रबाट छिटोगरि पहिचान कमाउन सकिने बताए । विमलाले पश्चिमाञ्चलबाट यो वर्ष १२ कक्षाको परीक्षा दिएकी थिईन । उनी मानविकी संकायकी विद्यार्थी हुन् ।
सम्बन्धित खबर
कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा