कांग्रेसबाट निर्वाचित तनहुँ घिरिङका वडा अध्यक्ष ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जेल चलान

कांग्रेसबाट निर्वाचित तनहुँ घिरिङका वडा अध्यक्ष ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जेल चलान

karagar

किरण श्रेष्ठ, तनहुँ ।  नेपाली कांग्रेसबाट तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा निर्वाचित वडाध्यक्ष बर्ष ३१ को गंगाराम कुमाल ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका छन । ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत तनहुँले वडा अध्यक्ष कुमाल लाइ थुनामा राख्ने आदेश दिएको हो । अन्य सबै प्रतिबादीहरु जनही एक लाख धरौटी राखी तारिखमा छुटेका छन ।

गत २०७४ मङ्सिर ९ गते तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ अत्रौलीमा निर्वाचित जनप्रतिनिधि सोही वडाका वडा अध्यक्ष गंगाराम कुमाल सहितको समुहले सोहि स्थान बस्ने बर्ष २२ को विदुर कुमार सिग्देल र बर्ष १७ को सफल सिग्देललाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको अभियोगमा जिल्ला अदालत तनहुँमा उनीहरु बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

उक्त घटना सम्बन्धमा सुमन सिग्देलले उनिहरु बिरुद्द ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दरखास्त दिएपछी फरार मध्येको घिरिङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष २६ का पदम बहादुर ढेगा भन्ने पदम बहादुर थापालाई २०७४ फागुन २८ गते प्रहरीले पक्राउ गरेको थियो । थापा लाइ पक्राउ गरि अनुसन्धान पछी अदातलमा पेश गर्दा २०७४ चैत २३ गते अदालतको आदेशले एक लाख धरौटी राखी तारिखमा छुटेका थिए ।

सोहि घटनाको मुद्दामा फरार रहेका अन्य प्रतिबादीहरु गत सोमबार २१ गते स्वंय जिल्ला अदातल तनहुँमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएर तारेखमा छुट्नेहरुमा तनहुँ घिरिङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष २५ को अमृत खनाल, बर्ष २८ को बेल बहादुर ढेगा मगर भन्ने सन्त बहादुर राना, बर्ष २१ को ईन्द्र बहादुर ढेगा मगर भनि चिनिने ईन्द्र बहादुर थापा, बर्ष २५ को भेष बहादुर श्रेष्ठ र बर्ष २८ का पदम बहादुर मगर एक एक लाख धरौटी राखी तारिखमा छुटेको हुन ।

जिल्ला प्रहरी कार्यालय तनहुँ बाट विभिन्न अपराधमा संलग्न रही फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनको लागि जिल्ला प्रहरी कार्यालय तनहुँले ब्यापक रुपमा प्रहरी परिचलान गरी खोजतलास कार्यलाई तिब्रता दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ