कमला राना । नवलपरासीमा बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनुपर्ने विद्यालयका प्रिन्सिपलले स्थानीय एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय फूलमति मुसहरलाई बलि दिने प्रयास गरेका थिए । संयोगवश महिलाका आफन्तले थाहा पाएपछि बलि दिनबाट रोकिएको थियो ।
विद्यालय परिसरभित्रै चार फिट गहिरो, डेढ–डेढ फिट लम्बाइ तथा चौडाइको खाल्डो खनेर बलि दिए सो स्थानमा सुन पाइने भन्दै बलि दिन खोजिएको स्थानीयको भनाइ रहेको छ । प्रिन्सिपल शर्माले भने फूलमति बिरामी भएकाले उनलाई सञ्चो गराउने उद्देश्यले पूजा गर्न थालिएको दाबी गरेका छन् ।
स्रोतका अनुसार फूलमतिसँग लामो समयसम्म बोलचाल बन्द भएका प्रिन्सिपल हरेन्द्रले फूलमतिका देवर र नन्दको सहारामा ती महिलालाई उक्त स्थलमा राति १२ बजे लगेका थिए ।
शर्माले १८ जेठको शुक्रबार राति धामी बोलाएर स्कुलको प्रांगणअघि रहेको टहरोमा करिब चार फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेको र राति करिब १२ बजे विद्यालयसँगै जोडिएको घरमा रहेकी फूलमतिलाई उनकै देवर–देउरानी पञ्चराम मुसहर र चन्दा मुसहरलाई प्रयोग गरेर घरबाट लिएर आएको स्थानीयले बताएका छन् ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त