पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको उडान कार्यविधि (प्रोसिड्युअर) नै डिजाइन नगरि विमानस्थल निर्माण सुरु गरेको पाइएको छ । सिभिल कन्ट्याक्ट सुरु हुनुअघि तयार पार्नुपर्ने उडान प्रोसिड्युअर डिजाइन बिना नै निर्माण कार्य सुरु गरिएको पाइएको हो । आजको कारोबार दैनिकले समाचार लेखेको छ ।
लामो समयको विवादकाबीच निर्माण सुरु भएको यो विमानस्थलको हालसम्म पनि कस्तो जहाजले उडान अवतरण गर्न सक्छ भन्ने डिजाइन तयार भएको छैन ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुनुअघि उडान प्रोसिड्युअरको डिजाइन हुन्छ । सोही अनुसार विमानस्थल निर्माण र प्रवद्र्धन गर्नुपर्ने हो । ईपीसी मोडलमा बन्न लागेको यो विमानस्थलका लागि चिनियाँ कम्पनी चाइन सीएएमसीले जिम्मा पाएको छ ।
यो विमानस्थलमा कुन खालको विमान अवतरण र उडान गर्न सकिन्छ, होल्ड र ओभरसुट कहाँबाट गर्ने भन्ने नै नभएको प्राधिकरणकै उच्च अधिकारीको दाबी छ । यो विमानस्थल बनाउन सरकारले लिएको अर्बौैको जोखिम बढेको छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका