पोखरा, २४ जेठ । तेस्रो ‘मेगा एजुकेशन फेयर’ पोखरामा शुक्रबारदेखि सुरु हुँदैछ । इभेन्ट कम्पनी ‘वान अप’ ले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो शैक्षिक मेला आयोजना गरेको हो । दुई दिनसम्म न्युरोड स्थित सिटी स्क्वायरमा सञ्चालन हुने फेयरको सम्पूर्ण तयारी सकिएको छ ।
पोखरामै आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई उपयोगी बनाउन निकै मेहनत गरेको जनाएको छ । वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयरमा सहभागी हुने विद्यार्थी र अभिभावकका लागि निकै राम्रो परामर्शको व्यवस्था गरिएको छ ।
दुई दिने मेला अवधीभर सिटी स्क्वायरमा २० बढी शैक्षिक परामर्श संस्थाहरुबाट वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी प्राप्त हुनेछ । विद्यार्थी तथा अभिभावकले मेलामा एउटै स्थानबाट धेरै अन्तराष्ट्रिय कलेज र यूनिभर्सिटीहरुको बारेमा जानकारी लिन पाउनेछन् ।
मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु पनि रहेको आयोजकले जनाएको छ । मेलामा आउने सुरुका एक हजार जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।
अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा स्थलगत भर्ना तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै, टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । त्यो संगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ ।
क्विन्सफोर्ड कलेजको प्रस्तुतिमा हुन लागेको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका पुराना कलेज तथा यूनिभर्सिटीहरुले समेत सहभागिता जनाउँदैछन् । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा जापान, न्युजिल्याण्ड, अष्ट्रेलिया, यूएस, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको सहभागिता हुने आयोजकले बताएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर