तनहुँको उत्कृष्ट सामुदायिक विद्यालय सत्यवती माविको अध्यक्षमा अधिकारी सर्वसम्मत

तनहुँको उत्कृष्ट सामुदायिक विद्यालय सत्यवती माविको अध्यक्षमा अधिकारी सर्वसम्मत

2

किरण श्रेष्ठ, तनहुँ ।  तनहुँको दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन गरिएको छ । विद्यालयको व्यवस्थापन समितिमा सर्वसम्मत सुर्यभक्त अधिकारी चयन भएका छन । त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा रामचन्द्र सापकोटालाई चयन गरिएको छ ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिको महिला सदस्यमा शुभद्रा जोशी र खुल्ला सदस्यमा सन्त(पोष्ट)मान श्रेष्ठ, कल्पना पोख्रेलमान, रामेश्वर लामिछाने, एकबहादुर गुरुङ र्सवसम्मत रुपमा चयन भएका छन । विद्यालयको अध्यक्ष पदका लागि आकांक्षिहरु चार जना भएपछि सबै पक्षको छलफल पश्चात शुक्रबार सर्वसम्मत रुपमा अधिकारीलाई अध्यक्षमा चयन गरिएको हो । गत १५ गते भएको अभिभावक भेलामा सहमति नजुट्दा भोलि शनिबार चुनाव हुने भनिएको थियो । विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा सुर्यभक्त अधिकारी, कृष्ण अाचार्य, बिनु श्रेष्ठ र सुर्यचन्द्र लम्साल गरि ४ जनाकाे उमेदवारि परेको थियो ।
विद्यालयको अध्यक्षमा चयन पश्चात अधिकारीले पश्चिमाञ्चल क्षेत्रको उत्कृष्ठ विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा र्सवसम्मत चयन गर्न सहयोग र साथ दिने सबैलाई धन्यवाद दिंदै विद्यालयको शैक्षिक गुणस्तर र संस्थागत विकासमा सधै सक्रिय भई लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा रामचन्द्र सापकोटाले नमुना बिद्यालय सत्यवती माविको शिक्षक अभिभावक संघको अध्यक्ष पदमा सर्वसम्मत बनाइ शैक्षिक उन्नयन गर्ने अबसर दिने सम्पुर्ण सरोकार पक्षहरुलाई आभार प्रकट गरेका छन ।
तनहुँ जिल्लाको गौरव, पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट अनि नेपाल भरमा राम्रो छवि तथा सामुदायिक विद्यालयको उच्च स्थान हाँसिल गर्न सफल सत्यवती माध्यमिक विद्यालयले हरेक वर्षको एसएलसी वा एसइई परिक्षामा ल्याएको उत्कृष्ट नतिजाकै कारण सत्यवतीमा नयाँ विद्यार्थी भर्ना हुन तछाड मछाड हुने गर्छ । ४ पटक पश्चिमाञ्चल क्षेत्रको सर्वोत्कृष्ट विद्यालय, एक पटक राष्ट्रिय स्तरको प्रथम र दुई पटक राष्ट्रिय स्तरमा दोश्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सफल सत्यवती सामुदायिक विद्यालयको लागि एउटा गतिलो उदाहरण हो । सत्यवतीमा अध्यापन गराउने सबै शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी सत्यवतीमा नै अध्ययन गराएका छन् ।

शिक्षक शिक्षिकाका छोरा छोरी मात्रै उक्त विद्यालयमा १ सय ८५ जना रहेका छन् । सत्यवतीमा शिक्षक शिक्षकामात्रै ८९ जना रहेका छन् । सत्यवतीमा कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङको विषयमा समेत पढाई हुने गर्छ । कक्षा ११ र १२ को नतिजा पनि राष्ट्रिय स्तरमै उत्कृष्ट हुँदै रहँदै आएको छ । पढाईमा मात्र हैन, अतिरिक्त क्रियाकलापमा पनि सत्यवती सँधै अग्र स्थानमा आउने गरेको छ । त्यसैले पनि सत्यवति माविमा अध्यक्ष बन्नेहरुको लर्को देखिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds