श्यामशितल परियार, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युवाशक्तिलाई देशमै उत्पादनमुलक क्षेत्रमा लाग्ने प्रेरणा मिडियाले दिन सक्ने राखेका छन् ।
सामुदायिक प्रसारक संघ(अकोराब) नेपाल प्रदेश नं ४ को प्रथम साधारणसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । तनहुँ बन्दिरपुरमा आयोजित साधारणसभामा बोल्दै ‘युवाशक्ति विदेशिएका छन्, मुलुकको प्राकृतिक श्रोतसाधन खेर गएका छन्, त्यसैले राष्ट्रिय जनशक्तिलाई देशमै उत्पादनमुलक क्षेत्रमा लाग्न सक्ने प्रेरणा सञ्चार क्षेत्रले दिनसक्छ, दिनुपर्छ ।’ भने
यसैगरी, उनले स्वास्थ आलोचना मिडियाको मुल आदर्श हुनुपर्ने बताए । ‘स्वास्थ आलोचना मिडियाको मुल मान्यता, सिद्धान्त, आदर्श हुनुपर्छ, आलोचनात्मक दृष्टिकोणमा तागत हुन्छ,’ उनले भने, ‘राज्यलाई जवाफदेही बनाउन पनि मिडियाले भूमिका खेल्नुपर्छ ।’
अकोराबका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले देशका विभिन्न मौलिक भाषामा सामुदायिक रेडियोले विभिन्न रेडियो सामाग्री उत्पादन र प्रशारण गर्दै आएको उल्लेख गरे । दुरदराजमा रहेका नागरिकसम्म प्रभावकारी रुपमा सूचना प्रवाह गर्न सक्ने सञ्चारको सशक्त माध्यम रेडियोलाई बचाईराख्न राज्यको साथ सहयोग आवश्यक हुने धारणा समेत उनले राखे ।
प्रदेश सांसद सरिता गुरुङले रेडियोको हितमा आफुले सकेको सहयोग गर्ने बताईन् ।अकोराबका केन्द्रीय सल्लाहकार किशोरजंग थापाले स्थानीय स्तरमा रहेका समुदायद्धारा सञ्चालित सामुदायिक रेडियोलाई जोगाउन स्थानीय सरकार लागिपर्नुपर्ने धारणा राखे ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले बोल्दै दुरदराजसम्म सूचना पुर्याउने सशक्त माध्यम रेडियो रहेको बताउँदै रेडियोलाई जोगाउन सम्बद्ध पक्षको साथ सहयोग आवश्यक रहने बताए ।
सोही अवसरमा प्रदेश नं ४ कै पहिलो रेडियो हिमचुली एफएम ९२.२ मेगाहर्ज पोखराका अध्यक्ष ईन्जिनियर लेखबहादुर गुरुङलाई सम्मानित गरिएको छ । सञ्चार क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई दोसल्ला, सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको हो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’