पोखरा । विद्यार्थीको उत्साहजनक सहभागिताका साथ पोखरामा आयोजित तेस्रो ‘मेगा एजुकेशन फेयर’ सकिएको छ । न्युरोडको सिटी स्क्वायरमा शुक्रबार र शनिबार चलेको फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो ।
इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको थियो । वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयर सोचेनुरुप सफल भएको छ ।
‘फेयरमा विद्यार्थीहरु समूहगत रुपमा आए । शुक्रबार उपस्थिति उल्लेख्य रह्यो । आगामी मेलामा झनै धेरै सहभागिताको आशा राखेका छौं ।’ फेयरमा विद्यार्थी तथा अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था थियो । अध्ययनका लागि रोजाईका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको उनले बताए ।

फेयरमा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरु सहभागी थिए । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरुले परामर्श दिएका थिए ।
यस मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराईएको थियो ।

क्विन्सफोर्ड कलेज प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउने व्यवस्था थियो । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा थियो ।
यस एजुकेशन फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनल रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा इप्लानेट, एक्सेस एजुकेशन, इनसर्च एजुकेशन, थर्ड आई एजुकेशन, नेप्कम्स युनिस्टार, कंगारु, न नेक्स्ट, मेट्स इन्टरनेशनल, प्याकेशिया, बुम¥याङ इन्टरनेशनल, प्रोफेशनल एजुकेशनल, काठमाण्डु इन्फोसिस, अष्ट्रेलियन टेक्निकल कलेज, ओम्स अब्रोड, मिराकल इन्स्टिच्युट, अस् स्टडिज, डेल्टा, एई ग्लोबल लगायत रहेका थिए ।
https://www.facebook.com/gandaknews/videos/832069816985272/
सम्बन्धित खबर
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ