भानुमार्ग टोलमा बाटो उद्घाटन

भानुमार्ग टोलमा बाटो उद्घाटन

damu_n

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा ११, भानुमार्ग टोल विकास संस्था (क) ले निर्माण गरेको पिच बाटो उद्घाटन गरिएको छ ।

वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले शनिबार उद्घाटन गर्दै बाटो निर्माणसँगै त्यसको संरक्षण गर्नु पनि टोलको दायित्व रहेको बताए ।

आदिकवि भानुभक्तको शालिकदेखि पूर्वहुँदै भास्कर स्कूलसम्म करिब ५ सय ६० मिटर लम्बाइको बाटो वडा कार्यालयको सहयोग र उपभोक्ताबाट करिब २७ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको हो ।

टोल विकास संस्था अध्यक्ष राजेन्द्रबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य जंगबहादुर हमाल ठकुरी, पूर्व वडाध्यक्ष निर्मलप्रसाद कर्माचार्य, भानुभक्त (क) आमा समूह अध्यक्ष मिठु गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष नरकाजी गुरुङले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा उपभोक्ता समिति सचिव दामोदर आचार्यले स्वागत र सचिव सूर्यमोहन ढकाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ