पोखरा । युवा वैज्ञानिक विकल्प ढुंगानाका सफलताका कथा सुन्न आईतबार झण्डै तीन सय विद्यार्थी झुम्मिए । यो अवसर जुटाएको हो पोखरा ८ सिर्जनाचोकमा अवस्थित पोखरा मल्टिमोडल क्याम्पसले । एसईई परीक्षा दिएर ब्रिज कोर्स तयारीमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सेलिङका हेतु आफ्नै विद्यार्थी विकल्प सामु उनीहरुलाई प्रस्तुत गरेको हो ।
कक्षा १२ को परीक्षा दिएर बसेका विज्ञानका विद्यार्थी विकल्पले विद्यार्थीहरुमाझ आफूले गरेका आविष्कार, उपलब्धीका बारेमा विस्तृतमा कुरा खोले । राष्ट्रिय युवा प्रतिभा पुरस्कार, जुनियर साइन्टिस्ट अवार्ड, युथ हण्ट ट्यालेन्ट अन्तर्गत टप टेन भिजन उनका उपलब्धी हुन् । विकल्पले दुर्घटनामा परेका सवारीको उद्धार गर्न म्यानुअल लोडिङ एण्ड लिफ्टिङ, घाँस काट्ने रोबर्ट, इलेक्ट्रिक डोजर, जुनै ठाउँ चल्न सक्ने आर्मीका लागि गाडी, हेलिकोप्टर बम डिस्पोजल रोबर्ट, ईढिकी, भ्याकुम क्लिनिङ रोबर्ट, ¥यापिड बम डिस्पोजल रोबर्ट, कृषि क्षेत्रमा उपयोगी रोबर्ट, फुटबल खेल्न सक्ने रोबर्ट, भिडभाड नियन्त्रण गर्न सक्ने, सोबि एण्टी अल्कोहल भेहिकल प्रोटेक्टिङ सिस्टम, स्मार्ट मास्क, विष्णु सोलार स्कुटर, ट्राफिक लाइट लगायतका आविष्कार गरिसकेका छन् ।

विकल्पले आफू अघि बढ्न क्याम्पसको वातावरण, पढाई, शिक्षकहरुको मित्रवत् व्यवहार सहयोगी रहेको उल्लेख गर्दै मल्टिमोडल क्याम्पस पढ्नका लागि अनुकूल रहेको अनुभव बताए । उनले मापसे गरेर मोटरसाइकल चलाउँदा स्टार्ट नहुने आविस्कारको प्रस्तुति समेत राखेका थिए ।
क्याम्पसले सो अवसरमा आफ्नो क्याम्पसमा अध्ययन गरी विभिन्न क्षेत्रमा स्थापित भएका प्रतिभावान् विद्यार्थीहरुबारे समेत जानकारी सदृश्य जानकारी गराएको थियो । क्याम्पस प्रमुख कृष्णबहादुर केसीले क्याम्पसको अध्ययन वातावरणबारे जानकारी गराउन र विद्यार्थीहरुलाई प्रेरित गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष लिलाधर बरालले २०५६ सालमा स्थापित क्याम्पसबाट यो झण्डै २ दशकको अवधिकमा थुप्रै क्षेत्रमा विद्यार्थीहरुले सफलता हासिल गरेको बताए । पोखरा मल्टिमोडल प्रालिका प्रबन्ध निर्देशक राजकुमार गिरीले यस्ता कार्यक्रमले विद्यार्थीलाई फाइदा पुग्ने बताउँदै निरन्तरता दिने बताए ।
क्याम्पसले आफ्ना विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने हेतुले विभिन्न प्रशिक्षणात्मक कार्यक्रमलाई पनि जारी राखेको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो