माछापुच्छ्रेमा स्वास्थ्य शिविर

माछापुच्छ्रेमा स्वास्थ्य शिविर

Lab test camp

रिजनल हस्पीटल प्रा.लि तथा रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी पोखराको आयोजनामा माछापुच्छे गाउँपालिका–४, लाहाचोकस्थित देउराली आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

एकदिने उक्त निःशुल्क प्रयोगशाला परीक्षण शिविरमा कूल तीन सय १५ जनाले सेवा लिएका थिए । कार्यक्रममा बोल्दै रिजनल हस्पीटल प्रा.लिका निर्देशक चन्द्रकान्त पौडेलले विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न विद्यार्थीको पठनपाठनको सहजताका लागि छात्रवृत्ति प्रदान गर्ने घोषण गरेका थिए ।

सो शिविरबाट पिसावमा हुने सुगरको मात्रा, पिसावबाट मृगौलाको जाँच, रगतमा होमोग्लोविनको मात्रा, रक्तसमूह परीक्षण, अन्य ल्वाव टेस्ट गरिनुका साथै निःशुल्क औषधी पनि वितरण भएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक हरिलाल आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद अधिकारी, समाजसेवी मधुसुदन अधिकारी, विद्यालयका प्रधानाध्यापक उमेश बास्तोलालगायतले स्वास्थ जीवनको महत्वबारे भनाई राखेका थिए । कार्यक्रम हस्पीटलका निर्देशक पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ