अबोध बालकको करेण्ट लागेर ज्यान गयो, ५० हजार क्षतिपूर्ति ?

अबोध बालकको करेण्ट लागेर ज्यान गयो, ५० हजार क्षतिपूर्ति ?

pun

बाग्लुङ । विद्यालयबाट फर्किरहेका ११ वर्षीय बालकले बाँस ढलेर लत्रिएको तार छुन पुग्छन् । उनको तत्काल मृत्यु हुन्छ । विद्युत आयोजना ५० हजार रुपैंया दिएर मिलापत्र गर्छ । यस्तो पनि हुन्छ ? भैंसी बराबर पनि नसोच्ने ? बाग्लुङ बडीगाड गाउँपालिका ५ (साबिक ग्वालिचौर २ गौतम टोल) का स्थानीयको आक्रोश हो यो ।

लब्दीखोला लघु जलविद्युत आयोजनाको लापर्बाहीले सिद्ध प्रावि कक्षा २ मा पढ्ने वर्ष ११ का कर्ण पुनको विद्युत करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । उनी विद्यालय छुट्टी भएर घरतर्फ आईरहेका थिए ।

बाटोमा बिजुली तारमा बाँस ढलेर तार लत्रिएको देखेपछि कस्तो तार रहेछ भनेर बालकले छुँदा करेण्ट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । लब्दीखोला लघु जलविद्युत परियोजना प्रथम (ख) ले मृतकका परिवारलाई ५० हजार क्षेतिपुर्ति दिने सहमति भएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाले जानकारी दिएका छन् ।

तुलबहादुर पुनका छोरा मृतक पुनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङमा राखिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रनि कृष्ण रानाले बताए ।

कतै करेण्ट लागेर ज्यान गुमाउनेका परिबारलाई लाखौँ रकम क्षतीपूर्ति दिने, कतै एउटा भैँसीको मुल्य सरह जम्मा ५० हजार दिने, यो कहाँको कानून हो ? भन्ने प्रश्न गर्दै स्थानीयले तत्काल उचित क्षेतिपूर्तिको माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds