गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ कन्टारमा मंगलबार साझ बस दुर्घटना भएको छ । पोखरा बाट काकडभित्ता तर्फ जादै गरेको ना ५ ख १२२७ नम्बरको बस आफै अनियन्त्रित भइ सडकबाट केहि तल पल्टिदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते मध्ये ९ जनाको पोखरा स्थित मेट्रोसिटि अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पोखरामा उपचारत ९ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
गम्भिर घाइते हुनेहरुमा इलामको २१ वर्षिया सर्मिला राई र ताप्लेजुङका २२ वर्षीय भीष्मराज दवाडी रहेको प्रहरीले जनाएको छ । राईको मेट्रोसिटि अस्पताल र दवाडीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाकि अन्य घाइतेहरुको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन
पोखरा वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
वालिङ्मा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग