स्याङ्गजा ।लायन्स क्लब अफ पोखरा फेवा फिष्टेल सिटीले स्यांग्जाको आँधिखोला गाउँपालिकामा अवस्थित गुरुकुल बेद विद्याश्रममा सहयोग गरेको छ । उक्त संस्कृत गुरुकुलमा फर्निचरको अभावका कारण बटुकहरुलाई पढाइमा भएको असहजतालाई मध्य नजर गर्दै डेक्स बेन्च लगायतका फर्निचर सामाग्री सहयोग गरिएको हो । त्यस्तै गरी त्यहाँ अध्ययनरत ४५ जना बटुरुलाई पोशाक समेत वितरण गरिएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालका GLT कोअर्डिनेटर तथा बर्ष २०१८/०१९ का डेजिगनेटेड डिस्ट्रिक पिअारअाे इन चिफ लायन परमेश्वर बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि कमिटी चेयर पर्सन लायन बाबुराम अधिकारी तथा कार्यक्रम संयोजकहरू एम जे एफ लायन केशब प्रसाद रेग्मी र लायन धन प्रसाद पाैडेलले स्कुल फर्निचर उपलब्ध गराएका थिए भने लायन नारायण सुबेदीले बटुकहरुलाई पोशाक उपलब्ध गराएका थिए ।

संस्कृत शिक्षाको संरक्षणका साथै पुर्वीय दर्शनको अनुसन्धानमा टेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त गुरुकुलमा दर्जन बढी जिल्लाका ५० जना बटुक अध्ययन गर्दै आएका छन् ।कुनै नियमित श्रोत नभएको सो आश्रम मुष्ठीदानको भरमा संचालन हुँदै आएको छ ।
सेतिदोभानको सरस्वती आधारभूत बिद्यालयमा पानीट्यांकी र छात्रवृत्ति

त्यस्तै गरि लायन्स क्लबले आँधिखोला गाउँपालिकामै रहेको सरस्वती आधारभूत बिद्यालयमा खानेपानी ट्यांकी समेत वितरण गरेको छ ।त्यस बिद्यालयमा अध्ययनरत छात्र आयुष सुनार पढाउ अभियान अन्तर्गतको छात्रवृति समेत हस्तान्तरण गरिएको छ। बिद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा लायन लाली माया रेग्मीले खानेपानी ट्यांकी उपलब्ध गराएकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला