स्याङ्गजा ।लायन्स क्लब अफ पोखरा फेवा फिष्टेल सिटीले स्यांग्जाको आँधिखोला गाउँपालिकामा अवस्थित गुरुकुल बेद विद्याश्रममा सहयोग गरेको छ । उक्त संस्कृत गुरुकुलमा फर्निचरको अभावका कारण बटुकहरुलाई पढाइमा भएको असहजतालाई मध्य नजर गर्दै डेक्स बेन्च लगायतका फर्निचर सामाग्री सहयोग गरिएको हो । त्यस्तै गरी त्यहाँ अध्ययनरत ४५ जना बटुरुलाई पोशाक समेत वितरण गरिएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालका GLT कोअर्डिनेटर तथा बर्ष २०१८/०१९ का डेजिगनेटेड डिस्ट्रिक पिअारअाे इन चिफ लायन परमेश्वर बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि कमिटी चेयर पर्सन लायन बाबुराम अधिकारी तथा कार्यक्रम संयोजकहरू एम जे एफ लायन केशब प्रसाद रेग्मी र लायन धन प्रसाद पाैडेलले स्कुल फर्निचर उपलब्ध गराएका थिए भने लायन नारायण सुबेदीले बटुकहरुलाई पोशाक उपलब्ध गराएका थिए ।

संस्कृत शिक्षाको संरक्षणका साथै पुर्वीय दर्शनको अनुसन्धानमा टेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त गुरुकुलमा दर्जन बढी जिल्लाका ५० जना बटुक अध्ययन गर्दै आएका छन् ।कुनै नियमित श्रोत नभएको सो आश्रम मुष्ठीदानको भरमा संचालन हुँदै आएको छ ।
सेतिदोभानको सरस्वती आधारभूत बिद्यालयमा पानीट्यांकी र छात्रवृत्ति

त्यस्तै गरि लायन्स क्लबले आँधिखोला गाउँपालिकामै रहेको सरस्वती आधारभूत बिद्यालयमा खानेपानी ट्यांकी समेत वितरण गरेको छ ।त्यस बिद्यालयमा अध्ययनरत छात्र आयुष सुनार पढाउ अभियान अन्तर्गतको छात्रवृति समेत हस्तान्तरण गरिएको छ। बिद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा लायन लाली माया रेग्मीले खानेपानी ट्यांकी उपलब्ध गराएकी थिइन् ।
सम्बन्धित खबर
काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार
काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै
स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु