किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउपालिका वडा नं. ४ बिमलनगर स्थित सिद्द गुफा बेम्बो कटेजबाट ३ लाख ६१ हजार ७ सय ४५ नगद सहित १० जना जुवाडेहरु लाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
अबैध तबरबाट धेरै नगद पैसाको बाजी राखी जित हार हुने गरी जुवा खेल भइरहेको भन्ने सुचनाको आधारमा शनिबार राती १०:३० बजे जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक सहितको टोलीले उक्त जुवाडेहरु लाइ पक्राउ गरेको हो । उक्त कटेजको खानतलासी लिदा होटलको कोठा भित्र नगद र तासको पत्तिहरु राखी नगद रुपैयाको हार जित हुने गरी जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले उनीहरु लाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा होटल संचालक बन्दीपुर गाँउपालिका वडा नं. ४ वस्ने वर्ष ४५ को राजु भन्ने बल बहादुर थापा, शुक्लागण्की नगरपालिका वडा नं.११ बस्ने वर्ष ५७ को कदम बहादुर तामाङ, आबुखैरेनी गाँउपालिका वडा नं. १ बस्ने वर्ष २९ को प्रदिप घिमिरे, सोहि स्थान बस्ने वर्ष ४१ को प्रेम लम्साल, आबुखैरेनी गाँउपालिका वडा नं.३ बस्ने वर्ष ४५ को सोम बहादुर खत्री, बन्दीपुर गाँउपालिका वडा नं. ५ बस्ने वर्ष २८ को मदन कुमार श्रेष्ठ, बन्दीपुर गाँउपालिका वडा नं. १ बस्ने वर्ष ६० को आश बहादुर गुरुङ, सोहि स्थान वस्ने वर्ष ४५ को सुरेन्द्र बहादुर पुन, भानु नगरपालिका वडा नं. १ वस्ने वर्ष २८ को शिव तामाङ, भानु नगरपालिका वडा नं.२ बस्ने वर्ष ३९ को प्रेम प्रसाद दवाडी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उक्त जुवा खालबाट नगद रुपैया सहित मोबाईल सेटहरु र जुवा तास ५२ पत्ती फेला परेको तनहुँ प्रहरीले जनाएको छ । उक्त सामान बरामद गरी उनिहरुलाई जुवा मुद्दामा आज आइतबार जिल्ला अदालत तनहुँमा उपस्थित गराई ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन